Home / समाचार / नेपाल बार एशोसीयसन दाङको अध्यक्षमा प्रदिप कुमार गौतम निर्वाचित

नेपाल बार एशोसीयसन दाङको अध्यक्षमा प्रदिप कुमार गौतम निर्वाचित

घोराही, २८ साउन ।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसीयसन दाङको अध्यक्षमा ६४ मत प्राप्त गर्दै प्रदिप कुमार गौतम निर्वाचित हुनुभएको छ । उहाँका निकटमत प्रतिद्धन्दी ओमभक्त डाँगिले ४९ मत प्राप्त गर्नुभयो । नयाँ नेतृत्वको लागि कांग्रेस निकट नेपाल डेमोक्रेटिक लयर्स एसोशियसनको तर्फवाट अध्यक्षमा गौतम र बामपन्थी निकट प्रगतिशिल कानुन व्यवसायी संयुक्त प्यानलवाट ओमभक्त डाँगीको प्यानल चुनावी प्रतिष्पर्धामा रहेको थियो । डाँगिलाई १५ मतले पछाडी पार्दै गौतम अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

chunab
बारको शनिबार  भएको मतदानमा उपाध्यक्षमा ललितबहादुर केसी, सचिवमा किरणकुमार रेग्मि,कोषाध्यक्षमा किरण पौडेल विजयी हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रश्मीपाण्डे धिताल, बद्रीरत्न पन्त, सन्जयकुमार केसी, बिनयकुुुमार मिश्र, नारायणप्रसाद रिजाल, बसन्तबहादुर केसी, चिन्तामणि धिताल निर्वाचित हुनुभएको छ ।

केन्द्रिय पार्षदमा बलदेव पाण्डे, दिनेशचन्द पौडेल, धर्मराज ओली, डम्वर बुढाथोकी, अर्जुुनकुमार अधिकारी, गिरबहादुर केसी निर्वाचित हुनुभएको छ । त्यस्तै प्रेमबहादुर वली प्रगतिशिल कानुन व्यवसायी संयुक्त प्यानलबाट केन्द्रिय पार्षदमा निर्वाचित हुनुभएको निर्वाचन संयोजक रेशमराज गिरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*