Home / समाचार / बाढी पहिरोमा परेर दाङका २ सहित देशभर २० जनाको मृत्यु

बाढी पहिरोमा परेर दाङका २ सहित देशभर २० जनाको मृत्यु

घोराही, २८ साउन ।
लगातारको बर्षासंगै दाङ सहित देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी २० जनाको मृत्यु भएको छ । दर्जन बढी बेपत्ता भएका छन भने केही घाईतेको उपचार भईरहेको छ ।
दाङमा बाढीले बगाएर २ जनाको मृत्युभएको छ भने घर भत्कीदा च्यापिएर दुई जना घाईते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ सिमलखुट्टी निवासी ४५ बर्षिया भगवती सुनार र तुलसीपुर ४ जितपुर निबासी ५८ बर्षिय नरबहादुर रावतको बेतनी खोलामा बगेर मृत्युभएको हो ।

उता लमही नगरपालिका वडा नम्बर ९ अमेलिया खोलामा आएको बाढीले घर भत्कीदा दुई जना च्यापिएर घाईते हुनुभएको छ ।

उता सिन्धुलीमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । बाँकेको राप्तिसोनारी गाउँपालिकामा बाढीले घर भत्काउँदा पुरिएर एकै घरका ३ दिदिबहिनी सहित ४ जनाको मृत्यु भएको छ । मोरङको बक्राहा र नुनसरी खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

यसैगरी सुनसरीको गैरागाउँस्थित बुढीखोलाले बगाएर चार जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । उता बाराको सिम्रौनगढमा निरन्तरको बर्षाले घर भत्काउँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाराकै आदर्श कोतवाल गाउँपालिका ९ मा पनि बृद्धाश्रम भत्किदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर झापाको झापा गाउँपालिका २ बालुवाटारमा अर्का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*