Home / Feature Breaking news / दाङका ५० बढि घर डुबानमा, एक घर भत्कीयो

दाङका ५० बढि घर डुबानमा, एक घर भत्कीयो

दाङ, २८ साउन
अविरल वर्षाका कारण दाङमा ५० बढि घर डुबानमा परेका छन् । शुक्रवार रातिदेखीको वर्षा कारण दंगिशरण गाउपालिका ५ मा ३५ वटा घर, तुलसीपुर उपमहानगरपालिका १३ मा ५ वटा द्धर र शान्तिनगर गाउपालिका ३ चिराघाटमा ३ वटा घरहरु डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । यस्तै गोल्टाकुरीमा पनि डुबान भएको प्रहरीले बताएको छ ।

यस्तै घोराही उपमहानगरपालिका ५ धर्नामा रहेको एउटा घर भत्केको छ । धर्नामा रहेको मानसिंह कार्कीको घर भत्कीएको प्रहरीले बताएको छ । घर भत्कीएर पूर्ण रुपमा क्षति भएको भएपनि मानविय क्षति भने नभएको कार्की परिवारले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*