Home / Feature Breaking news / दाङमा अपराधिक घटना बढ्दो

दाङमा अपराधिक घटना बढ्दो

आभास बुढाथोकी
घोराही, २७ साउन
पछिल्ला केही वर्षयता दाङमा अपराधिक घटनाहरु बढ्दो क्रममा रहेको छ । जिल्ला प्रहरी कार्यलयको तथ्याङक अनुसार दाङमा केही वर्ष यता अपराधिक घटनाहरुको मुद्धा दर्ताहुनेक्रम बढ्दै गइरहेको छ ।

कार्यलयको तथ्याङ अुनसार आर्थीक वर्ष ०७१।०७२ मा ५ सय ८७, ०७२।०७३ मा ५ सय ३९ र गत अर्थिक वर्ष ०७३।०७४मा आठ सय ९ विभिन्न शिर्षक मुद्धाहरु दर्ता भएका थिए । दर्ता हुने मुद्धाहरु मध्य सार्वजनिक अपराध, कर्तव्य ज्यान, सवारी ज्यान, भवितव्य ज्यान, विष सेवन गरी आत्महत्या, झुण्डी आत्म हत्या, जवर जस्ती करणी जस्ता मुदाहरु सबैभन्दा बढि दर्ता भएका थिए ।

अघिल्ला वर्षको तुलनाहरुमा पछिल्लो समय जिल्लामा अपराधिक गतिबीधीका मुद्धादर्ता हुने संख्या बढ्दो रहेको ०७३।०७४ को तथ्याङले जनाएको छ । ती मध्ये सबै भन्दा बढी मुद्धा दर्ता भएको सार्वजनिक अपराध शिर्षकमा आर्थिक वर्ष ०७१।०७२ मा एक सय १८ रहेको थियो, भने ०७३।०७४मा बढेर दुई सय तीन भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७१।०७२ मा १४ चोरीका मुद्धाहरु दर्ताभएको थिए, भने आर्थिव वर्ष ०७३।०७४मा बढेर १७ मुद्धा दर्ता भएका थिए । त्यसैगरी आर्थिव वर्ष ०७१।०७२मा २५ जवरजस्ती करणी घटनाका मुद्धा दर्ताभएको थिए भन,े आर्थिक वर्ष ०७३।०७४मा ३२ मुद्धादर्ता भएका छन् ।

त्यस्तै आर्थिक वर्ष ०७१।०७२ मा ६९ भवितव्य ज्यानका मुद्धादर्ता भएका थिए भने ०७३।०७४मा बढेर ७४ मुद्धादर्ता भएका छन् । आर्थिव वर्ष ०७१।०७२मा ७ बेवारिसे ज्यानका मुद्धाहरु दर्ता भएका थिए भने ०७३।०७४मा ८ मुद्धाहरु दर्ता भएको छन् ।

त्यसका साथै दाङमा पछिल्ला दुई वर्षयता विभिन्न नयाँ अपारधीक घटनाहरु पनि देखिन थालेका छन् । कालो बजारी, बिष्फोटन पदार्थ, चोरीका जबर जस्ती करण, ठगी, डाँका चोरी जस्ता अन्य अपराधिक घटनाका मुद्धाहरु दर्ता हुन थालेको छन् ।

कार्यलयको दुई वर्ष अगाडी र गत आर्थिव वर्षको तथ्याङका आधारमा जिल्लामा नयाँ विभिन्न शिर्षका मुद्धाहरु दर्ताहरुको हुने संख्या बढ्दो रुपमा रहेको छ । जिल्लामा पछिल्ला वर्षहरुमा नयाँ विभिन्न शिर्षकका अपराधिक घटनाका मुद्धाहरु दर्ता हुने गरको पाइन्छ ।

जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले दाङमा विभिन्न मुद्धदर्ताहरुको संख्या बढ्नुमा प्रहरी सक्रियता, विभिन्न समाजिक घट्नाहरु, आत्म हत्याका प्रयासहरु, सावरी दुर्घटनाहरु रहेको बताउनुभयो । अपराधिक घटनाहरु बढ्नुमा पछिल्लो समयमा भईरहेको शहरीकरणका साथै जनसंख्या बृद्धी र बसाई सराईक जस्ता कारण अन्य विविध कारणहरु रहेकोे उहाँले बताउनुभयो ।

अपराधिक घटनाहरुलाई न्युनिकरणको लागि घटनाको अनुसन्धान गर्दे अपराधमा संम्लग्न हुने अपराधीहरुलाई कडा भन्दा कडा कानुनी कारवाही गर्ने उहाँले बताउनुभयो । साथै उहाँले अपराधिक घटनाहरु रोक्नको प्रहरी मात्र नभएर नागरीक समाज, विभिन्न राजनितीक दल, पत्रकार र समाजमा बस्ने आम नागरीकहरु सबैको सहकार्य गर्दैै अगाडी बढ्न सके यस्ता अपराधिक घटनाहरुलाई रोक्न सकिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*