Home / समाचार / दाङ उवासंघमा निर्वाचनकालागि प्रजातन्त्रीक संघद्धारा समितिहरु गठन

दाङ उवासंघमा निर्वाचनकालागि प्रजातन्त्रीक संघद्धारा समितिहरु गठन

घोराही, २६ साउन
दाङ जिल्ला उद्योग वाणीज्य संघको नयाँ नेतृत्वकालागी यही साउन ३१ गते हुने निर्वाचनकालागी नेपाली कांग्रेस निकट प्रजातान्त्रीक उद्योगी संघले विभिन्न समितिहरु गठन गरेको छ । आज विहीवार विहान बसेको बैठकले गुरुप्रसाद कडेलको संयोजकत्वमा प्रचारप्रसार मूल समिति र धनेश्वर पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । यस्तै आर.के.शीतल संयोजक रहेको सञ्चार समन्वय समिति गठन गरिएको छ ।

संघका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षता बसेको बैठकले समिति गठन गरेको हो । बैठकमा नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीलगायतले शुभकामना सहित प्रचार कार्यक्रमको बारेमा सल्लाह दिनुभएको थियो ।

वैठकमा संघका संस्थापक अध्यक्ष हुमाकान्त अधिकारीले उद्योग वाणीजय संघमा नयाँ नेतृत्वकालागी अधिकतम सहमतिको प्रयास गरेपनि अन्य व्यवसायीक संघसंगठनको हठका कारण निर्वाचनमा जानुपर्ने अवश्या आएको बताउनुभयो । साथै उहाँले प्रजातान्त्रीक उद्योगी संघ सहमतिकालागी अधिकतम चलक भएर प्रस्तुत भएपनि अन्य संघसंगठनको मेरै गोरुको बाह्रै टक्काको हठले गर्दा सहमति हुुन नसकेर निर्वाचनमा जानुपरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*