Home / समाज / सयुक्त रुपमा युवा दिवस मनाईने

सयुक्त रुपमा युवा दिवस मनाईने

दाङ, २६ साउन
अन्र्तराष्ट्रिय युवा दिवस मनाउने विषयमा दाङका विभिन्न निकायहरु विचको समन्वयात्मक बैठक बसेको छ । अगस्ट १२ तारिख अर्थात यहि साउन २८ गते परेको अन्र्तराष्ट्रिय युवा दिवस मनाउने बारेमा जिल्लामा रहेका विभिन्न निकायहरुको बैठक बसेको हो ।

जिल्ला युवा समितिको कार्यालय, जिल्ला युवा सञ्जाल लगाएतका विभिन्न गैरसरकारी संघसस्थाहरु विच भएको बैठकले यो वर्षको अन्र्तराष्ट्रिय युवा दिवस सयुक्त रुपमा मनाउने निर्णय गरेको छ । यस अगाडी असाउन १८ गते बसेको बैठकले तय गरेका कार्यक्रमका साथमा युवा दिवस मनाउने निर्णय भएको हो ।
दिवसको सन्दर्भमा मंगलबार बृक्षरोपाण कार्यक्रम भएको छ । यस्तै विहिबार तुलसीपुरमा युथ भिजन २०२५ र युवा निति २०७२ को विषयमा अन्र्तक्रिया कार्यक्रम गर्ने, २७ गते देउखुरीको लमहीमा कलेज स्तरिय शान्ति निर्माणमा युवाहरुको भुमिका विषयक बक्तित्व कला प्रतियोगिता आयोजना गरीएको छ ।
त्यस्तै युवा दिवसको दिन घोराहीमा युवा सभा गर्ने निर्णय भएको छ । जिल्लाका गैरसरकारी संघसस्थाहरु मिलेर कार्यक्रम गर्ने निर्णय भएको प्रचारसंयोजक नवीन अभिलाषीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*