Home / Feature Breaking news / दाङमा एक अर्व विकास बजेट फिज्रः संरचना निमार्ण अस्तव्यस्त

दाङमा एक अर्व विकास बजेट फिज्रः संरचना निमार्ण अस्तव्यस्त

आभास बुढाथोकी
घोराही, २५ साउन
दाङमा वर्षेनी विकास लागि छुट्याएको बजेट फिज्र हुने गरेको छ । विगतका वर्षहरुमा झै यसवर्ष पनि दाङमा एक अर्व बजेट फिज्र भएको छ । जिल्लामा बिभिन्न किसीमका विकास तथा निमार्णका कामहरुका लागि छुट्याएको बजेट वर्षैनी फिज्रहुदै आईरहेको कोष तथा लेखा नियन्त्रण कार्यलय दाङको तथ्याङकले जनाएको छ । जिल्लाको विकास लागि आएका ति रकम विका निमार्णको काममा प्रयोग हुन नसकेर वर्षेनी फिज्र हुने गरेको छन् ।
कार्यलयको तथ्याङक अनुसार आ.व.०७३÷०७४ मा दाङ जिल्लामा आएको चालु गत र पुजीँ तर्फ १४ अर्व ३९ करोड ६२ लाख २२ हजार ६ सय ८२ रुपैया रकम मध्य १३ अर्व, २ करोड ३६ लाख १८ हजार , छ सय ६८ रुपैयामा मात्र खर्च भएको छ । वाँकी १ अर्व ३७ करोड २६ लाख ४ हजार १४ रुपैया अर्थात १० प्रतिशत रकम फ्रिज भएको छ ।
दाङको सन्र्दभमा हेर्ने हो भने ति फ्रिज हुने गरेका रकमहरु विकास निमार्णका कामरुमा प्रयोगहुन सकिरहेको छैन । ०७३।०७४ को आर्थिक वर्षमा मात्रै दाङमा सबै भन्दा धेरै बजेट फिज्र सडक डिभिजन कार्यलयको भएको छ । कार्यलयलाई पूँजीगत तर्फ आएको रकम एक अर्व ८१ करोड ३९ लाख ६० हजार रकम मध्य ३७ करोड ३२ लाख रकम विकास निमार्णका कामहरुमा प्रयोग हुन नसकेर फ्रिज भएको छ ।

दाङलाई पाचँ नं प्रदेशको राजधानी बनाउने कुरा उठीरहदा यहाँको सडकको अवस्था अहिलेको ठुलो समस्याका रुपमा देखीएको छ । केहीँ वर्ष अगाडीमात्रै घोराहीमा एक हजार चार सयँ मिटर र तुलसीपुरमा आठ सय मिटरको चार लेन बाटो विस्तारको काम तोकिएको समयमा सम्पन्न हुन सकिरहेको छैन । त्यसमा पनि बाटो विस्तारका क्रममा नाला विस्तारको काम र सडकको विचैमा बालुवा गिटी थुप्रीएको छ । जसका कारण सडकमा आवत,जावत सवारीसाधनहरु देखि सर्वसाधरण र व्यापारव्यवसाहीहरुले निकै सास्ती खेप्नु परेको छ ।

दाङका साघुरा र पुराना सडक, त्यसमा पनि क्षमता भन्दा तेब्बर भार भएका १२ पंग्रेसम्मको सावारी साधानहरु गुड्डा सडक विग्रीदै जादा यात्रुहरु जोखिम पुर्ण यात्रा गर्ने बाध्य भएको छन् ।
दाङमा मात्रै सबै गरी २५ वटा पुलहरु ठेक्कामा लागि सकेको छन् । जस मध्य लमही–तुलसीपुर सडक खण्डमा पर्ने बबै खोला, कटुवा खोला, पत्रे खोला, सग्राम खोला र गुज्रे खोला गरी पाचँवटा खोलामा पुल निमाार्णका कामहरु शुरु भएको पनि वर्षै वितीसक्यो । ती पुलहरु पनि समयमै निमार्णहुन नसक्दा वर्षाको समयमा यात्रुहरुका लागि निकै सक्टकर र जोखिमपुर्ण बन्दै गइरहेको छ ।

समयमै पुलको नबन्दा त्यहाँका स्थानियहरुलाई वर्षाैको समयमा विरामीलाई अस्पताल लैजान खोलामा आएको बाढीले गर्दा निकै सास्ती पर्छ । खोलामा आएको बाढीका कारण सुत्केरी महिलाहरुलाई समयमै अस्पताल पु¥याउन नसक्दा ज्यानै जोखिम पर्ने समस्या रहेको छ ।
जिल्लामा विकासका लागि आएको बजेट फिज्र हुने तर फ्रिज भएका बजेट विकास निमार्णका कामहरुमा लगाउन सकिएको छैन । अहिलेको ठुलो समस्याका रुपमा रहेको सडक र पुल निमार्ण कार्यमा भइरहेको ढिलाईले नागरीकहरुलाई ठुलो सास्ती खेप्नु परेको छ ।

वर्षेनी फिज्र भएर जाने रकमलाई साघुरा सडकहरुको विस्तार,विग्रीएको सडकहरुको मर्मत,सम्भार र पुल निमार्ण कार्यलाई सडक डिभिजन कार्यलय र ठेकेदार बिचको राम्रो समझदारीका साथ अगाडी बढाउने सके सर्वसाधारणहरुले ठुलो राहत अनुभव गर्ने थिए ।
जिल्ला सडक डिभिजन कार्यलयका अुनसार बबैखोला पुल ३० प्रतिशत, कटुवा खोला पुल ५० प्रतिशत, पत्रेखोला २५ प्रतिशत, संग्राम खोला ४५ प्रतिशत र गुर्जे खोला ४० प्रतिशत निमार्ण कार्य सम्पन्न भइसकेको छ । कार्यलयको सुचना अधिकारी इन्जीनियर दुुर्गा गौतमले कार्यलयमा बिनियोजन भएर आउने रकमनै ढिलो आउने गरको बताउनुभयो ।

‘बजेट ढिलो आउनु नै निमार्ण कार्य सम्पन्न हुन नसकेर बजेट फ्रिज हुनुको प्रमुख कारण हो’–उहाँभन्नुहुन्छ–‘गत आर्थिक वर्षमा असोज र कात्तिक मात्रै बजेट आएको थियो ।’ उहाँका अुनसार प्रत्येक वर्षको आउने बजेट अलक अलक बजेट शिर्षकमा आउने ह्ुदा ती रकमहरुलाई आर्काे निमार्ण कार्यमा गर्ने पाइदैन । समयमै काम नहुदा बजेट फ्रिज हुने गरेको उहाँले बताउनुभायो ।

‘विकास निमार्णका कामहरुमा समयमै सम्पन्न नुहनुमा ठेकेदारको नै गल्ती छ’–उहाँ भन्नुहुन्छ– ‘निमार्ण कार्यको जिम्मा लिएका ठेकेदारहरुले विभिन्न वहाना बनाउदै ती कामहरमा ढिलाई भएको हो ।’ समयमा निमार्ण कार्यमा ढिलाई गर्ने ठेकेदारलाई ठेकेदारलाई प्रतिदिन ०.०५ प्रतिशतले जरिवाना लगाइने उहाँले बताउनुभयो ।

गत आर्थिक वर्ष ०७३÷०७४ मा मात्रै सडक डिभिजन कार्यलयको एक सय ९२ ठेक्का मध्य ४७ वटा सडक मर्मत तथा सम्भार कार्यमात्रै सम्पन्न भएको कार्यलयले जानकारी दिएको छ । बजेट ढिलो आउनु र ठेकेदारको लापरवाहीकै कारणले ठेक्का भनेका समयमा सम्पन्न हुन नसेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*