Home / समाचार / धर्नामा एकिकृत कर सम्वन्धी छलफल

धर्नामा एकिकृत कर सम्वन्धी छलफल

घोराही, २४ साउन
घोराही उपमहानगरपालिका–५ धर्नामा एकिकृृत सम्पत्ति कर सम्वन्धी छलफल भएको छ । स्थानीय तहको नयाँ संरचना लागु भएसँगै चालु आर्थिक वर्र्र्षको नगरपरिषद्बाट एकिकृृत सम्पत्ति कर लागुु गर्ने उद्देश्यले वडा नम्वर पाँचले सरोेकारवासँग छलफल गरेको हो ।
साविक धर्ना गाविस उपमहानगरपालिकामा गाभिएसँगै स्थानीयबासीहरुले नगरपालिकालाई एकिकृृत सम्पत्ति कर बुझाउनुपर्ने भएका कारण वडा कार्यालयले राजनीतिक दलका प्रमुख, ससंघसस्थाका प्रतिनिधि लगायतका सरोकारवाला निकायसँग एकिकृत सम्पत्ति करका बारेमा छलफल गरेको हो ।

कार्यक्रममा एकिकृत सम्पत्ति करका बारेमा स्थानीय शासन विज्ञ हरिप्रसाद पाण्डेले प्रकाश पार्नुभएको थियो । उहाँले एकिकृत सम्पति कर भनेको के हो ? एकिकृृृत सम्पति कर किन तिर्नुपर्छ ? तिर्दा जनतालाई हुने फाईदा र लागु गर्दा वडालाई हुने चुनौतिका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमले वडा नम्वर पाँचको दामोदर सडकको दायाँवाया, भित्री सडक र कृषि योग्य जमिन निर्धारण गरि एकिकृत सम्पत्ति कर उठाउने निर्णय गरेको घोराही उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विष्णुमणी दाहालले जानकारी दिनुभयो ।

त्यस्तै वडा कार्यालयमा मगलवार नै भएको भेलाले आगामी आर्थिक बर्ष २०७४ ्र०७५का लागि बस्तीहरुबाट छनोट भएका योजनाहरु बारेमा छलफल गरेको छ । जस अन्तर्गत धारापानीदेखि डाँगीगाँउसम्मकोे दामोदर सडकको स्तरउन्नति, खानेपानीका योजना, सिचाई, वडाका भित्री सडकहरु ग्राभेल, विधुत विस्तार लगायतका योजनाहरु परिषद्मा पठाउने निर्णय गरेको वडा अध्यक्ष दाहालले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन वडा नम्वर पाँचका वडा सचिव लक्ष्मण अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*