Home / समाज / सामुदायिक वन राष्ट्रिय  दिवस मनाउन वन महासंघको आग्रह

सामुदायिक वन राष्ट्रिय  दिवस मनाउन वन महासंघको आग्रह

 
दाङ, २४  साउन
सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल दाङले जिल्लाका सवै सामुदायिक वन समूहहरुलाई सामुदायिक वन राष्ट्रिय दिवस मनाउन आग्रह गरेको छ । 
वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा र सचिव हेमराज शर्माले आज एक बिज्ञप्ति निकालेर बृक्षरोपण लगायत आफ्नो क्षेत्रमा सहज हुने गरी बिबिध कार्यक्रम गरी भोली साउन २५ गते सामुदायिक वन राष्ट्रिय दिवस मनाउन आग्रह गर्नु भएको छ । 
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, वन मन्त्रालय र सामुदायिक वन संग सरोकार राख्ने सरोकारवालाहरु वीच समन्वय गरेर आजदेखि तीन दिनसम्म मनाउने कार्यक्रम तय गरिएको हुदा आफू अनुकुल कार्यक्रम बनाई दिवस मनाउन बिज्ञप्तिमा आग्रह गरिएको छ । संघियतामा सामुदायिक वन स्थानीय समुदायको पहिचान भन्ने मुल नाराका साथ मनाइन लागेको यस बर्षको सामुदायिक वन राष्ट्रिय दिवस सफल पार्न पनि वन महासंघले बिज्ञप्ति मार्फत आग्रह गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*