Home / Feature Breaking news / लाईसेन्सविना चलाईएका १७ मोटरसाईकल पक्राउ, चालकमध्य ११ जना विद्यार्थी पोशाकमा

लाईसेन्सविना चलाईएका १७ मोटरसाईकल पक्राउ, चालकमध्य ११ जना विद्यार्थी पोशाकमा

घोराही, २२ साउन
सवारी चालक अनुमतिविना चलाएका मोटरसाईकलहरु ट्राफिक प्रहरीले आज नियन्त्रणमा लिएको छ । घोराही बजार क्षेत्रमा सवारी चालक अनुमति पत्र नभएका १७ वटा मोटरसाईकलहरु आज आईतवार नियन्त्रणमा लिएर कारबाही गरेको ट्राफिक प्रहरीले बताएको छ ।

trafic
चेकीङको क्रममा सवारी चालक अनुमति विना चलाने चालकमा विशेष गरि विद्यार्थीहरु रहेको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेले जानकारी दिनुभयो । लाईसेन्सबिना चलाएका १७ चालकमध्य ११ जना विद्यार्थी ड्रेसमा रहेको पनि वाग्ले बताउनुभयो ।

पक्राउ गरिएका मोटरसाईकलहरु १÷१ हजार जरिमाना सहित अभिभावककोे जिम्मा लगाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*