Home / मनोरञ्जन / घोडदौरामा उदाहरण समुहको साहित्यीक कार्यक्रम

घोडदौरामा उदाहरण समुहको साहित्यीक कार्यक्रम

दाङ, २२ साउन
उदाहरण समुह दाङले घोडदौरामा साहित्यीक कार्यक्रम गरेको छ । तीन वर्ष देखि दाङमा फरक फरक शैलीमा साहित्यीक कार्यक्रमहरु गर्दै आएको उदाहरण समुहले यस पटक ‘घोडदौराको पहाडमा १७ कविता र ५ गीत’ नामक कार्यक्रम गरेको हो ।
कार्यक्रमका लागि घोराही र तुलसीपुरका साहित्य तथा गीत संगितको क्षेत्रमा लागेका युवाहरु त्यहा पुगेका थिए । कार्यक्रममा उदाहरण समुहका अभियान्ताहरु नवीन अभिलाषी, विष्णु सन्यास, घनश्याम अस्तित्व, प्रेमप्रकाश मायालु, नवीन शर्मा, संगीत मगर लगाएत १७ वटा कविताहरु बाचन गर्नुभएको थियो भने बलप्रसाद पुन, सुनिल मगर, धिरज मगर र देविका मगरले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा घनश्याम अस्तित्वले उदाहरण समुह र यसले गर्दै आएका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

घोडदौरालाई जिल्लाकै सुन्दर पर्यटकिय क्षेत्रको रुपमा लिने गरीन्छ । त्यहाबाट दाङ उपत्यका दृश्यावलोकन गर्न सकिने भएकाले घोराही तुलसीपुरको साथै यसआसपासका ब्यक्तिहरुले घुमफिर गर्न समेत त्यहा जार्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*