Home / Feature Breaking news / फुटबलको उपाधी प्रहरी र सिद्धरत्नलाई

फुटबलको उपाधी प्रहरी र सिद्धरत्नलाई

लक्ष्मण बस्नेत
तुलसीपुर, २१ साउन
दाङको तुलसीपुरमा संचालित कोकाकोला अन्तरविद्यालय स्तरिय छात्र÷ छात्रा फुटबल प्रतियोगिता २०७४ को छात्र तर्फ मध्यपश्चिम प्रहरी स्कुल घोराही र छात्रा तर्फ सिद्धरत्न माबि नारायणपुरले उपाधी चुमेका छन ।
अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको सनिबार सम्पन्न छात्र तर्फको फाइनल खेलमा पद्मोदय पव्लिक स्कुल घोराहीलाई ट्राईवेकरमा २ का विरुद्ध ४ गोल अन्तरले पराजीत गर्दै मध्यश्चिम प्रहरीले कप तथा नगद १२ हजार ५ सय सहित उपाधी हात पारेको हो ।
उल्लेख्य दर्शकले खचाखच भरिएको अरनीको मैदानमा भएको रोमाञ्चक अनि कडा प्रतिस्प्रधात्क खेलको निर्धारित समय सम्म दुबै टिमबाट गोल हुन नसकेपछी खेल ट्राईवेकरमा गएको थियो ।
त्यस्तै छात्रा तर्फको फाइनल खेलमा मध्यपश्चिम प्रंहरीलाई सुन्यका विरुद्ध २ गोल अन्तरले पराजीत गर्दै सिद्धरत्न माबि नारायणपुरले उपाधी हात पारेको हो । नारायणपुरका वसन्ती बराल मगरले खेलको पाँचौ मिनेट र विपना बस्नेतले १५ औ मिनेटमा उत्कृष्ट खेल प्रर्दशन गर्दै १÷१ गोल गर्न सफल भए ।
साउन १२ गते देखी संचालित प्रतियोगितामा जिल्लामा स्थापित निजी तथा
सामुदायीक विद्यालयका गरी १७ टिमको सहभागिता रहेको थियो । यसैविच दाङ जिल्ला फुटबल संघका अध्यक्ष भुपेन्द्र विक्रम थापा पुकारको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य एव नं १९ वाहिनीका वाहिनीपती विनोद पाण्डेको विशिष्ठ आतिथ्यमा भएको प्रतियोगिता समापन समारोहमा समग्र जिल्लाको खेलकुदको विकास र विस्तारका लागि विभिन्न क्षेत्रबाट महत्वपुर्ण सहयोग पु¥याएको भन्दै खेलप्रेमी उद्योगपती विमल रिजाल, दाङ जिल्ला टेवलटेनिस संघका अध्यक्ष सिताराम शर्मा आचार्य, खेलकुदप्रेमी एंव समाजसेवी बालकृ्ष्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेत, ईलाका प्रहरी कार्यालय तुलसीपुर र शसस्त्र वेस क्याम्प तुलसीपुरलाई सम्मान गरिएको थियो । सोही अवसरमा विजेता, उपविजेता टिम, उत्कृट खेलाडी मध्यपश्चिम प्रहरीका रमेश तामाङ, मध्यपश्चिम प्रहरीकै सुन्दर रेउले उत्कृष्ट किप्पर, वेस्ट डिफेन्स पद्मोदयका नबराज खड्का, उत्कृष्ट स्कोरर पव्लिक ज्ञानज्योतीका हरी वुढा, पव्लिक ज्ञानज्योतीकै किरण योगी उत्कृष्ट मिडफिल्डर र पद्मोदय माबिका मनिष विक राईजिङ प्लेयर घोषित भए ।
त्यस्तै मार्चपास तर्फ सप्तङी बोर्डिङ स्कुल प्रथम, मध्यपश्चिम प्रहरी द्धितिय र पव्लिक ज्ञानज्योती स्कुल तुलसीपुर भए भने फोर्टीनाईन माबि बेलझुण्डी अनुशासित टिम घोषित भयो । संघका महाँसचिव सुशिल श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*