Home / समाचार / गणतन्त्र कर्मचारी हितकोषको अध्यक्षमा गोकर्ण

गणतन्त्र कर्मचारी हितकोषको अध्यक्षमा गोकर्ण

घोराही, २१ साउन
गणतन्त्र कर्मचारी हितकोषको अध्यक्षतमा गोकर्ण पौडेल सर्वसहमतिमा चयन हुनुभएको छ । हितकोषको घोराहीमा सम्पन्न भएको साधारण सभाले गोकर्ण पौडेलको अध्यक्षतमा ५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सचिवमा भरत धिताल, कोषाध्यक्षमा निशा कर्ण र सदस्यहरुमा अमृता भुसाल धनेश्वर गौतम रहनुभएको छ ।

साथै साधारण सभाले गिता भण्डारी संयोजक र शुसीला केसी सदस्य रहेको ऋण उपसमिति चयन गरेको छ । साधारण सभाको उद्घाटन समारोहमा गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक÷सम्पादक एवं कोषका संरक्षक सविन प्रियासले हितकोषलाई सदैव सहयोग र साथ रहने बताउनुभएको थियो । कोषका अध्यक्ष किरण गौतमको अध्यक्षतमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि रहेका प्रियासनले हितकोषले कर्मचारीहरुको आर्थिक पक्ष सबल बनाउदै लगेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

साधारण सभामा कोषाध्यक्ष निशा कर्णले आर्थिक र सचिव भरत धितालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*