Home / Feature Breaking news / गरिवी घटाउन एकवर्षमा ४ करोड ९७ लाख लगानी

गरिवी घटाउन एकवर्षमा ४ करोड ९७ लाख लगानी

अमरराज आचार्य
दाङ, २१ साउन
दाङमा गरिवी घटाउन एकवर्षमा करिव ५ करोड लगानी भएको छ । गरिवी निर्वारण कोष अन्र्तगत जिल्लामा यो रकम लगानी भएको हो । गरिवी निवारण कार्यक्रम सामुदायिक समुह अन्र्तगत घुम्ती कोष मार्फत लगानी गरेको गरिवी निर्वारण कोषले जनाएको छ ।

गरिवी निवारण कोषका जिल्ला प्रवन्धक किरण केसीका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा करिव ५ करोड जिल्लामा लगानी भएको छ । जसमा आयआर्जन तर्फ ७६ वटा सामुदायिक संस्थाहरु मार्फत ३ करोड ४३ लाख ९७ हजार लगानी भएको छ । भौतिक पुर्वाधार तर्फ ८ वटा परियोजनामा ९२ लाख ४४ हजार लगानी भएको प्रवन्धक केसीले जानकारी दिए ।

भौतिक पुर्वाधार अन्तरगत सिचाइ ५ स्थानमा, खानेपानी १, कल्भर्ड २ स्थानमा निर्माण गरीएको छ । त्यसैगरी परम्पारगत सिप अभिवृद्धि तथा वजारीकरण कार्यक्रम अन्र्तगत ४९ वटा उत्पादन समुहकालागि ६१ लाख रकम प्रदान गरीएको थियो । यो रकम जिल्लाका साविकका १४ गाविसमा घुम्ती कोष मार्फत परिचालन गरीएको छ । १४ वटा गाविसमा रहेका समुहमा उक्त रकम परीचालन गरीएको छ ।

गरीवि निवारण कार्यक्रमका जिल्ला प्रवन्धक केसीले सरकारले गरीवीहरुलाई लक्षीत गरेर यस प्रकारको कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । उनले भने ‘१२ महिना खान नपुग्नेहरुका लागि लक्षित गरी यस प्रकारको कार्यक्रम सञ्चालान भएको हो ।’ समुह निर्माण गर्दा नै त्यस प्रकारका समुदायलाई मात्र समावेस गराएर समुह निर्माण गराइने उनको भनाई छ । यस प्रकारको कार्यक्रम प्रत्यक्ष समुदाय स्तरमा नै सञ्चालन हुने गरेको पनि केसीले बताए ।
कार्यक्रम स्थानिय विकास कोषले सहजिकरण गर्ने गरी साविवका पञ्चकुले, श्रीगाऊ, पुरन्धारा, वाघमारे, सैघा, हासीपुर गाविसका कार्यक्रम सञ्चालन गरीएको छ । जन उत्थान विकास समाजको केन्द्रले सहजिकरण गर्ने गरी लक्ष्मीपुर, सौडियार, सतवरीया, वेला, राजपुर, गोवडिया, गढवा, गंगापरस्पुर गाविसमा यस प्रकारको कार्यक्रम सञ्चालन भएको प्रवन्धक केसीले जानकारी दिए ।

प्रवन्धक केसीमा अनुसार समुहमा परिचालन गरीने घुम्ती कोषमा गरिवी निवारण कोषको ९० प्रतिशत र नागरीकको १० प्रतिशत लगानी रहने छ । जसका लागी समुहमा २ चरणमा गरी पैसा पठाइने उनको भनाई छ । पहिलो चरणमा ८० प्रतिशत र दोस्रो चरणमा २० प्रतिशत रकम प्रदान गर्ने गरिएको छ ।
जिल्लामा यस प्रकारको घुम्ती कोषवाट रकम लिएर नागरीकहरुले व्राखापालन, भैसी पालन, खुद्रा पसल, बंगुरपालन, च्याउ खेती गदै आएका छन् । आफनो समुहवाट ऋण लिएर व्यवसाय सुरुवात गर्न पाउदा उनीहरु उत्साहित समेत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*