Home / Feature Breaking news / घोराहीका सडक व्यवस्थापनकालागी समिति गठन

घोराहीका सडक व्यवस्थापनकालागी समिति गठन

घोराही, २० साउन
घोराही बजारको सडक व्यवस्थापनलाई दीगो रुपमा समाधान गर्नकालागी एक समिति गठन गरिएको छ । घोराही उपमहानगरपाकिला वडा नम्बर १५ ले आयोजना गरेको सडक व्यवस्थापन छलफलबाट समिति गठन गरिएको हो । वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय संयोजक रहेको समिति गठन गरिएको हो । जसको सदस्यहरुमा दाङ जिल्ला उद्योग वाणीज्य संघ, यातायात समितिहरु, होटल व्यवसायी समिति, जिल्ला ट्राफिक प्रहरी कार्यालय, डिभिजन सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ रहेका छन् । समितिले सडक व्यवस्थापनकालागी १५ दिनभित्र राय सुझाव सहित प्रतिवेदन पेश गर्ने छ ।
छलफलले विगतमा नेपाल सरकार घरेलु तथा शिल्पकला विक्री भण्डारले प्रयोग गरेको वडा नम्बर १५ मा रहेको जग्गामा तुलसीपुर चोकमा विहानको समयमा हुने तरकारी बजारलाई स्थानानतरण गर्ने र स्थानान्तरण गर्नुपूर्व घोराही उपमहानगरपालिकाले आवश्यक न्यूनतम् पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*