Home / Feature Breaking news / घोराही उपमहानगरपालिकको पहिलो बैठकबाट समितिहरु गठन- कसलाई कुन जिम्मेजारी

घोराही उपमहानगरपालिकको पहिलो बैठकबाट समितिहरु गठन- कसलाई कुन जिम्मेजारी

घोराही, १९ साउन
घोराही उपमहानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिको बैठकले विहीवार विभिन्न समितिहरु गठन गरेको छ । नगर प्रमुख नरुलाल चौधरीको संयोजकत्वमा स्रोत अनुगमन तथा बजेट निर्धारण समिति गठन गरेको छ । जसको सदस्यहरुमा उपप्रमुख सिता न्यौपाने, कार्यपालिका सदस्यहरु पशुपति चौधरी, चित्र बहादुर डाँगी (निर्मल), जितेन्द्रमान नेपाली रहनुभएको छ । यसैगरी बैठकले उपमेयर सिता न्यौपाने सिंग्देलको संयोजकत्वमा राजस्व परामर्स समिति गठन गरेको छ । जसको सदस्यमा मान बहादुर बस्नेत र पवित्रा विश्वकर्मा रहनुभएको छ ।
यसैगरी आजको बैठकले सार्वजनिक सेवा तथा क्षमता विकास समितिमा खोपिराम चौधरी, आर्थिक विकास समितिमा राममणी पाण्डे, सामाजिक विकास समितिमा भरत अर्याल, पुर्वाधार विकास समितिमा लक्षीण प्रसाद बुढा, वातावरण तथा विपद् ब्यवस्थापन समितिमा शत्तिराम डाँगी र विधेयक समितिमा रमेशकुमार पाण्डेयलाई संयोजक तोकेको घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले जानकारी दिनुभयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*