Home / समाचार / दाङमा पहिलो महिला एसपी आउदै– एसपी धिरज सिंहको सरुवा ः सिंहको ठाँउमा सिंह नै आउने

दाङमा पहिलो महिला एसपी आउदै– एसपी धिरज सिंहको सरुवा ः सिंहको ठाँउमा सिंह नै आउने

घोराही, १७ साउन
दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहको सरुवा भएको छ । एक वर्षसम्म दाङमा रहेर प्रशंसनिय काम गर्नुभएका सिंहको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईवी) मा सरुवा भएको हो ।

एक वर्षसम्म कुशल नेतत्वकर्ताको रुपमा काम गरेर अपराध नियन्त्रणमा विशेष सफलता हात पार्नुभएका एसपी सिंहको सरुवासँगै नयाँ एसपीको रुपमा प्रहरी उपरिक्षक दुर्गा सिंह आउनुहुने भएको छ । प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशन कार्यालयबाट सरुवा भएर सिंह दाङ आउन लाग्नुभएको हो ।

सरुवा भएर आउन लाग्नुभएका प्रहरी उपरिक्षक दुर्गा सिंह चन्द दाङमा आउने पहिलो महिला प्रहरी हुनुहुन्छ । धेरै स्थानमा ईञ्चार्ज भएर जिम्मेवारी पुरा गरिसक्नुभएकी महिला प्रहरी उपरिक्षक सिंह सफल प्रहरीको रुपमा परिचीत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*