Home / समाचार / राप्ती नदिमा भेटिएको शवको पहिचान खुलेन (यस्तो छ हुलिया)

राप्ती नदिमा भेटिएको शवको पहिचान खुलेन (यस्तो छ हुलिया)

घोराही, १६ साउन
दाङको देउखुरीमा एक महिलाको शव फेला परेको छ । राप्ती गाँउपालिका १ मा रहेको राप्ती नदिकोस्थित प्रगन्ना सिचाई आयोजनाको बाँधमा अड्कीएको अवश्थामा सोमवार शव भेटिएको ईलाका प्रहरी कार्यालय भालुवाङले बताएकाृ छ । शव केही मात्रामा सडेको प्रहरीले बताएको छ । महिलाको अहिलेसम्म पहिचान हुन सकेको छैन ।
अन्दाजी २५ देखी ३० वर्ष उमेरको ५ फिट १ ईञ्च उचाई भएको महिलाको वायाँ हातको माझी औलामा पहलो औठी, साईली औलामा फलामको औठी, नाकमा फुली, दाहिने खुट्टामा मोसो भएको, बाँया हातमा नङ पालिस लगाएको, दाहिने हातमा यमाकला लेखी खोपेको, वर्ण कल्सौरो भएको, मंगोलियन समुदायको देखीने महिलाको हुलिया भएकाले चिन्नुहुने व्यक्तीहरुले सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*