Home / Feature Breaking news / १५ दिनमा ९ हजार बढि मतदाता बनेः पुरुषभन्दा महिला धेरै

१५ दिनमा ९ हजार बढि मतदाता बनेः पुरुषभन्दा महिला धेरै

देवी भण्डारी

घाेराही, १६ साउन
दाङमा मतदाता नामवलीमा नम समावेशकालागी उत्साहजनक सहभागीता हुने गरेको छ । नामावलीमा नाम समावेश गर्नेहरुमा महिला धेरै रहेका छन् । पु्रुषहरुको तुलनामा महिलाहरुले धेरै नाम समावेश गरेको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । १५ दिनमा ९ हजार बढी मतदाताहरुले नाम समावेश गरेका छन् । जिल्ला निर्वाचन कार्यालय दाङमा साउन १ गते देखी १५ गते सम्म भएको फोटो सहितको मतदाता नामावली संकलनमा ९ हजार २ सय १८ जनाले नामदर्ता गराएका हुन् ।
नाम दर्ता गराउनेहरुमा पुरुष भन्दा महिलाहरु धेरै रहेका छन् । ४ हजार ८ सय ९८ जना महिला र ४ हजार ३ सय २० जना पुरुष गरि ९ हजार २ सय १८ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिनुभयो । यस अनुसार पुरुषभन्दा ५ सय ७८ जना धेरै महिलाहरुले नामावलीमा नाम समावेश गरेका छन् ।
निर्वाचन आयोगले प्रदेश र संघको चुनाबकालागि एक महिनाको अबधि तोकेर छुटेकाहरुलाई फोटो सहितको मतदाता नामावली दर्ताको लागि आह्वान गरेको हो । २०७३ फागुन ९ गते सम्म दाङमा २ लाख ९१ हजार १ सय ७२ जनाको मतदाता नामावलीमा नाम दर्ता भएको थियो ।
जिल्लाका १० स्थानबाट फोटो सहितको मतदाता नामावली संकलन सोमवारदेखी सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*