Home / Feature Breaking news / घोराही बजारमा अव्यवस्थित पार्किङ गर्ने सवारी साधन प्रहरी नियन्त्रणमा (समाचार प्रभाव)

घोराही बजारमा अव्यवस्थित पार्किङ गर्ने सवारी साधन प्रहरी नियन्त्रणमा (समाचार प्रभाव)

घोराही, १६ साउन
घोराही बजारमा अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक नियम विपरित बजार क्षेत्रमा पार्किङ गरिएका सवारी साधनहरुलाई पक्राउ गरिएको हो ।

Track
आईतवार राप्ती सन्देश अनलाईनमा ‘ट्राफिक नियम जान्दैनन् या जान्दैनन्ः न्यू रोडमा मनपरि पार्किङ’ शीर्षकको समाचार प्रकाशीत भएसँगै प्रहरीले अव्यवस्थित पार्किङ रोक्न सक्रीयता देखाएको थियो । घोराही बजारको न्यू रोड, बैंक रोड, लगायत विभिन्न स्थानमा नियम विपरित पार्किङ गरिएका सवारी साधनहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

DSC01929
अन्य सवारी साधन एवं पैदल यात्रुहरुलाई असर पर्ने गरि अव्यवस्थित रुपमा पार्किङ गरिएका ना ४ ख ८८९६ नंम्बरको ट्रक, रा.१ च. ४७६ नम्बरको जिप, ३३०६ नम्बरको जिप, रा ३ प.७४७८ नम्बरको १५० सीसीको पल्सर मोटरसाईकल र रा ३ प ८८९६ नम्बरको २२० सिसीको मोटरसाईकल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा राखीएको प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो । पक्राउ परेका सवारी साधनहरुलाई सवारी ऐन अनुसार कारबाही हुने प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*