Home / समाचार / दाङमा बितेको वर्षमा ४ सय बढी महिला तथा बालबालिका हराए

दाङमा बितेको वर्षमा ४ सय बढी महिला तथा बालबालिका हराए

घोराही, १५ साउन ।
दाङमा बर्षेनी चार सय बढी महिला तथा बालबालिका हराएको भनि प्रहरीमा निबेदन पर्ने गरेको छ । वितेको आर्थिक बर्षको १२ महिनामा पनि ४ सय ४ जना बालबालिका हराएको भनि जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीमा निबेदन परेको छ ।

जिल्ला प्रहरी कार्यालयमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार २ सय ६१ महिला, ७४ बालक र ६९ जना बालिकाहरु वेपत्ता भएको भनि निबेदन परेको छ ।

हराएका ४ सय ४ जना मध्ये १ सय १५ जना मात्रै फेला परेको र २ सय ८९ जना महिला तथा बालबालिका बेपत्ता कै सूचिमा रहेको प्रहरी सहायक निरिक्षक नन्दकली कटुवालले जानकारी दिनुभयो ।

त्यसैगरि अघिल्लो आर्थिक बर्षमा पनि २ सय २८ जना महिला तथा बालबलिका हराएको भनि सेवा केन्द्रमा निबेदन परेको थियो । हराएकामध्ये २८ जना महिला ५ बालक र १४ जना बाकिला गरि ३८ जना मात्रै भेटिएको तथ्यांक रहेको छ ।

बाँकि २ सय ९१ जना अझै फेला पर्न सकेको छैनन् । हराएको भनि प्रहरीमा उजुरी गर्ने तर भेटिएपछि सबैले प्रहरीलाई खबर नगर्दा हराउनेहरुको सूचीमा नाम रहिरहेको समेत हुन सक्ने प्रहरीले बताएको छ । पारिवारीक बिचलन, हिंसा र गरिवीका कारण व्यक्ति परिवार देखी टाढा हुने गरेको प्रहरी अनुसन्धानले बताउछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*