Home / समाचार / खेलकुदको विकास विना समृद्धीको परिकल्पना असम्भवः पाण्डे

खेलकुदको विकास विना समृद्धीको परिकल्पना असम्भवः पाण्डे

लक्ष्मण बस्नेत
तुलसीपुर, १४ साउन
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सिंगो खेलकुदको विकास र विस्तार विना समृद्धीको परिकल्पना गर्न नसकिने बताउनु भएको छ ।
संगठित युवा क्लब तुलसीपुर ५ पिपलबोटले शनिबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पाण्डेले राष्ट्रको शान र गौरवलाई सदैव उच्च राख्ने खेलकुदको आर्दशलाई सबैले आत्मसाथ गर्न सके खेलकुदको विकासले गति लिने बताउनु भयो ।
मानव स्वास्थ्यका लागि खेलकुद, सभ्य समाज निर्माण लगायतमा खेलकुद अपरिहार्य भएकाले यसको विकासका लागि स्थानीय स्तरबाटै जुट्नु पर्ने उहाँको भनाई छ ।
दाङको खेलकुदलाई कसरी उचाईमा पु¥याउन सकिन्छ भन्ने गृहकार्यमा आफु लागि परेको बताउनु भएका मेयर पाण्डेले अब छिट्टै मेयर कप खेलकुद महोत्सवको आयोजना गर्ने बताउनु भयो । जसका लागि खेलकुद संवद्धहरु संग छलफल चलाईरहेको पनि बताउनु भयो ।
क्लबका अध्यक्ष चन्द्रविर वलीको अध्यक्षता तथा मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य एव उपमेयर मायाँ आचार्यको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले समाज रुपान्तरणमा युवाहरुको भुमिका महत्वपुर्ण हुने धारणा व्यक्त गरेका थिए । साथै उनिहरुले खेलकुदको समावेशी विकासका लागि युवा लक्षीत कार्यक्रम तत्कालको आवश्यक्ता औल्याएका थिए ।
क्लबका महाँसचिब प्रकास केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष विरेन्द्र कुमार शाह, राप्ति अञ्चल सार्वजनिक यातायात वस व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल, राप्ति बबई वहुमुखी क्याम्पस अध्यक्ष गोपीनाथ योगी, तुलसीपुर उद्योगवाणिज्य संघका उद्योग उपाध्यक्ष ललितजंग शाह, राप्रपाका जिल्ला अध्यक्ष हंसराज केसी लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडा नं५ का अध्यक्ष, तुलसीपुर उद्योगवाणिज्य संघका नवनिर्वाचित पदाधिकारी, नगरविकास समितिका अध्यक्ष लगाएतकालाई स्वागत तथा वधाई ज्ञापन गरिएको थियो । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, यातायात, उद्योग,व्यवसाय, खेलकुद पत्रकारिता लगाएतका क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याए वाफत विभिन्न व्यक्तीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचानल यज्ञ बहादुर कनौमगरले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*