Home / Feature Breaking news / क्लियरेन्स शुल्क बढेपछि चीनबाट हुने आयात ठप्प, १२ सय कन्टेनर सामान केरुङमै

क्लियरेन्स शुल्क बढेपछि चीनबाट हुने आयात ठप्प, १२ सय कन्टेनर सामान केरुङमै

काठमाडौं, १४ साउन

चिनियाँ भन्सारका एजेन्टहरुले क्लियरेन्स शुल्क ३ गुणभन्दा धेरै बढाएपछि चीनसँगको एकमात्र रुसुवागढी नाकाबाट हुने आयात ठप्प भएको छ । गत दुई सातादेखि स्याउ र हाइड्रोका केही समानबाहेक अन्य समान नेपालतर्फ आयात हुन सकेको छैन ।

चिनियाँ भन्सार एजेन्टले प्रति कन्टेनर १५ सय रुपैयाँ रहेको क्लियरेन्स चार्ज ५ हजार आरएमबी -चिनियाँ मुद्रा) पुर्‍याएपछि नेपाली ब्यवसायीले सामान छुटाउन नसकेको रुवागढी भन्सारका प्रमुख केदार पनेरुले अनलाइनखबरलाई बताए ।

यसअनुसार यसअघि समान लोड गरेर भन्सार क्लियरेन्स गरिदिए बापत २४ हजार खर्चिरहेका ब्यवसायीले अब ८० हजार रुपैयाँ खर्चिनुपर्ने भएको छ । ‘अहिलेसम्म क्लेयरेन्स चार्जको रि-फण्ड चीनलेे गर्दै आएको थियो । तर, अहिले एजेन्टहरुले त्यो रि-फण्ड सरकारले गर्न छाडेको भन्दै १५ सय आरएमबीलाई ५ हजार बनाएका छन्’ पनेरुले भने ।

अहिले केरुङतर्फको भन्सार गोदाममा झण्डै १२ सय गाडी समान छुट्न नसकेर थन्किएका छन् । नेपाली ब्यापारीहरुले कुहिने भएको स्याउ भने महंगो क्लियरेन्स चार्ज तिररै भएपनि ल्याइरहेका छन् ।

झण्डै २ हप्तादेखि मालसमान आयात प्रभावित भएपछि रसुवागढी भन्सारका प्रमुख केदार पनेरुले स्थानीय चिनियाँ जेलुंगका डेपुटी प्रमुखमार्फत चिनियाँ भन्सारको ध्यानाकर्षण गराएका छन् ।

उनको पहलमा बसेको चिनियाँ भन्सार, एजेन्टका प्रतिनिधि, नेपाली भन्सार र चीनको जिलोङ प्रशासन र नेपाली ब्यवसायीको बैठकमा अधिक मात्रामा बढाइएको क्लियरेन्स चार्ज घटाउनेबारे छलफल भएको छ । चीनले सोमबारबाट जसरी पनि आयात सुचारु गराउने प्रतिवद्धता जनाएको छ ।

नेपाली ब्यवसायीले १५ सय आरएमबीसम्म तिर्न सकिने बताएका छन् । त्यसमा चिनियाँ एजेन्टहरुले निर्णय दिएका छैनन् ।

क्लियरेन्स चार्ज घटेमा पहिलो लटमा नै ४ सय कन्टेनर रसवागढीबाट छुट्ने भन्सार कार्यालयले जनाएको छ । बषायाम चहिलरेको र चाडपर्व नजिकिएको समयमा चीनबाट समान आयात रोकिँदा बजारमा त्यसको प्रभाव पर्न सक्छ । यसले नेपालमा पनि महंगी बढाउने देखिएको छ ।

त्यसैले सरकारले समस्या समाधानका लागि उचित पहल गर्नुपर्ने ब्यवसायी बताउँछन् । चीनबाट प्रमुख रुपमा स्याउ, इलेक्ट्रोनिक्सका साथै जुत्ता, लत्ताकपडा लगायतका समान आउँछन् ।

 

अनलाइन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*