Home / Feature Breaking news / नेपालमा ३ लाख ५० हजार बढि विद्यार्थी गाँजाको कुलतमा

नेपालमा ३ लाख ५० हजार बढि विद्यार्थी गाँजाको कुलतमा

घोराही, १४ साउन
नेपालमा साथै करिब ३ लाख ५० हजार बढि विद्यार्थीहरु गाँजाको कुलतमा फसेको पाईएको छ । लागु औषध विरुद्ध काम गर्ने अन्तराष्ट्रिय सामाजिक संस्था नार्कोनन्का दक्षीण एशीया प्रमुख बसन्तराज कुवरका अनुसार नेपालमा हाल कक्षा ८ देखी १२ सम्म अध्यनरत साढे ३ लाख बढि विद्यार्थीहरु गाँजाको कुलतमा फसेका छन् ।
यस्तै नेपालमा करिब २ लाख मानिसहरु लागुऔषध (ड्रग्स) को धरापमा निस्कनै नसक्ने गरि फसेको कुवरले बताउनुभयो । साथै समाजमा ८० प्रतिशत अपराधको कारण र ९५ प्रतिशत घरायसी हिंसाका घटना ड्रग्सका कारण हुने गरेको कुवरको भनाई छ ।
सामुदायीक प्रहरी सेवा केन्द्र दाङले शनिवार घोराहीमा आयोजना गरेको लागु औषध (ड्रग्स) खाएको पहिचान गर्ने सम्वन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै कुवरले यस्तो बताउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*