Home / मनोरञ्जन / सञ्चारकर्मी प्रेम घर्तिलाई मादलु तालैले नाच्ने बनायो

सञ्चारकर्मी प्रेम घर्तिलाई मादलु तालैले नाच्ने बनायो

दंंगाली गायक एवं सञ्चारकर्मी प्रेम विवश घर्तिले यस वर्षको तीज गीत पनि बजारमा ल्याएका छन् । हरेक वर्ष तीज गीत स्रोता दर्शकमाझ ल्याउने प्रेमले यसवर्षको तीज गीत ‘मादलु तालैले मलाई नाच्ने गरायो’ बोलको तीज गीत बजारमा ल्याएका छन् । जुन गीत दर्शक स्रोताहरुको रोजाईको गीत बनेको छ । हरेका वर्ष नाचौ नाचौ लाग्ने तीज गीत पस्कने घर्तिको यसवर्षको गीत पनि नाचौनाचौ लाग्ने छ ।

20447327_1810705375626110_788051565_oनाच्दैन भनेर बसेकाहरुलाई मादलु तालैले नाच्ने गराएको मनको खुलदुलीलाई गीतमा समेटिएको छ । तीजमा नाचको विशेष महत्व भएको दर्शाउदै नाच मायालुले एकदमै मन पराएको भन्दै उनले मादलुको तालैमा नाचेको भावलाई समेटेका छन् । नेपाली संगीतमा विशेष गरि लोकदोहोरी क्षेत्रमा अब्बल मानिएका स्वरका धनी दंगाली गायक एवं सञ्चारकर्मी घर्तिलाई गायीका टीका खड्काले स्वरमा साथ दिएकी छिन् । सत्यवति मिडिया प्रालीको प्रस्तुतिमा बजारमा आएको यो गीतमा सुवास घर्तिको शब्द र प्रेम विवश घर्तिको लय रहेको छ ।

20427937_1810706055626042_801557310_n

गीतमा दुर्गेश थापा, अनिता रञ्जीतकार र कमल गाउलेको उत्कृष्ट अभिनय छ । उदिराम खड्काको निर्देशन रहेको गीतका हरिनारायण चौधरीको छायांकन गरेका हुन् । नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य एवं रेडियो हाम्रो पहुँच तुलसीपुरका प्राविधिक प्रमुख घर्तिलाई सांगीतिक जीवनमा सफलताको शुभकामना ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*