Home / Feature Breaking news / जखेरा ताल ५ वर्षमा नमुना बन्छः केसी

जखेरा ताल ५ वर्षमा नमुना बन्छः केसी

दाङ, १३ साउन
लमही नगरपालिकाका प्रमुख कुलबहादुर के.सीले देउखुरीको जखेरा ताललाई ५ वर्ष भित्रमा नमुना पर्यटकीय क्षेत्र बनाउने बताएका छन् । जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानले जखेरा तालमा आज नागपञ्चमी तथा रक्षाबन्धनका अवसरमा आयोजना गरेको नाग स्तम्भ उद्घाटनमा बोल्दै के.सीले सो कुरा बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका के.सीले जखेरा तालको विकासका लागि अवको २÷३ महिना पछाडी देखि गुरुयोजना बनाई कामको सुरुवात गर्ने समेत बताए । लमही नगरपालिकाको समृद्धि र विकासका लागि जनताको सहयोगबाट कामको थालनी गर्ने समेत उनको भनाई छ । केसीले अहिले नगरपालिका भित्र रहेका विभिन्न बाटाघाटाहरुको मर्मतको काम समेत भइरहेको बताउदै के.सीले जनताको साथ र सहयोग पाएमा देशकै नमुना नगरपालिका बनाउन सकिने बताएका थिए ।
प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासे, लमही नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बाबुराम चौधरी, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद खनाल, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष लिला शाह, समाजसेवी तथा बुद्धिजिवी कुलचन्द्र पोख्रेल लगायतका वक्ताहरुले बोलेका थिए । साथै कार्यक्रममा वृक्षारोपण गरिनुका साथै साँस्कृतिक प्रतियोगिताको समेत आयोजना गरिएको थियो । प्रतियोगितामा भावना न्यौपाने प्रथम, सुनिता बुढामगर दोस्रो, सोवितजंग शाहीको नाटक समुह तेस्रो र बेलदेवी गोराथोकीले सान्त्वना स्थान प्राप्त गरेका थिए । सो अवसरमा थारु गायक राजेन्द्र चौधरीले पनि आफनो प्रस्तुती देखाउएका थिए । कार्यक्रममा जखेरातालको क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । जखेरा मुसन्डी टोल विकास समितिका पुर्व अध्यक्ष रविध्वज थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव लोकमणी बञ्जाडेले गर्नु भएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*