Home / Feature Breaking news / निशुल्क बस चढ्न सरकारी जागीर छाडेका लोकराज

निशुल्क बस चढ्न सरकारी जागीर छाडेका लोकराज

आर.के.शीतल
नाम लोकराज पराजुली । नामको अगाडी डाक्टर उपाधी । पुरा नामः डा. लोकराज पराजुली । पहिचान अनेक । साहित्यकार, सफल कर्मचारी, हाँस्य कलाकार, आर.जे, योग गुरु । उनको पहिचान यही हो भन्ने निश्चत छैन । हरेक क्षेत्रमा उनको आफ्नै पहिचान । समग्रमा भन्ने हो भने उनको पहिचान होः सफल व्यक्ती । जुन क्षेत्रमा हात हाल्यो त्यो सफल बनाउने उनको क्षमता । सकारात्मक सुझाव दिएर जीवन सफल बनाउन सहयोग गर्ने उनको स्वभाव । सबैसँग समान व्यवहार । धेरैको प्रेरणाको स्रोत । सबैको रोजाई बन्न सफल ।
२०४५ सालमा विद्यार्थी जिवनसँगै शिक्षक बनेर जागेर बने उनी । शिक्षक बनेर जागीर सुरु गरेका लोकराज धेरैलाई भविष्य उज्यालो बनाउन भूमीका खेले । मा.वि भ्यूडर भमके पवननगरमा शिक्षक बनेर उनले जागीरे जीवन सुरु गरे । गणीत, विज्ञान र स्वास्थ्य विषय पढाउने लोकराजले ३ वर्ष ३ महिना यही विद्यालयमा कक्षा ५, ८, ९ र १० कक्षाका विद्यार्थीहरुलाई शिक्षण गरे । उनले पढाएका धेरै विद्यार्थीहरु अहिले सफल व्यक्ती बनेका छन् । हामीसँगको कुराकानीमा उनले आँफूले पढाएका विद्यार्थीमध्य हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा निर्वाचीतः घनश्याम पाण्डे र साईन्स विषयमा दाङलाई टप १० बनाउन सफल दुर्गा गिरीलाई सम्झन भ्याए । तर यी त प्रतिनीधी पात्रमात्र भएको भन्दै उनले अरु धेरै चेलाहरु सफल व्यक्ती बनेको बताए ।
निजी स्रोतमा विद्यालयमा शिक्षक बनेका उनी विद्यालयको कामले जिल्ला शिक्षा कार्यालय घोराही आए । काम सकेर घर फर्कने क्रममा घोराहीको पुरानो बसपार्कसम्म पुग्दा बालमन्दिर उत्तरतर्फ टिकट काउन्टरको ड्याब्लीमा टाँसीएको कर्मचारी आवश्यकता लेखीएकोमा आँखा पुग्यो । जसमा राप्ती यातायात बस व्यवसायी समितिकालागी एक जना कर्मचारी आवश्यकता थियो । उनी त्यो देखेर यातायात समितिमा जागीरे बन्ने सोच बनाए । शिक्षण गरिरहेका डा. पराजुलीले त्यस बेलामा लोक सेवा आयोगको मुखीयामा नाम निकालेका थिए । सरकारी मुखीयामा नाम निकालेका लोकराजले यातायात समितिमा जागीर खाने लक्ष्यका साथ फाराम भरे । १ जनाको लागी आवश्यकता रहेकोमा १ सय २२ जनाले फाराम भरेका थिए । त्यस मध्य एक थिएः लोकराज । लिखीत परिक्षामा ३ जनाको नाम निस्कीयो । त्यसपछि मौखकि परिक्षा भयो ।

lokwraj

जसमा लोकराज सफल भए । लिखीतमा उनी नाम निकाल्न सफल भए र २०४९ साल साउन १ गतेदेखी सुरु गरे यातायात समितिमा जागीर । उनी राप्ती यातायात बस व्यवसायी समितिको ११ औँ कर्मचारी हुन् । उनी कर्मचारीको रुपमा छनोट हुँदा समितिको अध्यक्ष देवीबहादुर डिसी थिए । डिसी हाल घोराही खानपानी संस्थाको अध्यक्ष छन् । लोकराजभन्दा पहिले यो समितिमा १० जना कर्मचारी थिए । लोकराजसँग ११ जना कर्मचारी भए । अहिले यो समितिमा १ सय ४४ जना कर्मचारी र १ सय १५ जना स्वयमसेवक रहेका छन् । लोकराज यो समितिमा जागीरे हुदाँ ३२ वटा बस थिए । हाल ६ सय १७ वटा बस रहेका छन् । राप्ती अञ्चलमा एकमात्र यातायात समिति थियोः राप्ती बस समिति ।

अहिले राप्तीमा १४ वटा यातायात समिति रहेका छन् ।
सरकारी मुखीयामा नाम निकालेको मान्छे किन यातायात व्यवसायी समितिमा आकर्षीत हुनुभयो भनेर सोध्दा उनले राप्ती सन्देश अनलाईनलाई भने– ‘बस समितिको कर्मचारी बनेपछि निशुल्क बस चढ्न पाईन्छ, नजिकको क्याम्पस पढ्न पाईन्छ भनेर यातायात समितिमा जागीर खाएँ ।’ निशुल्क घरसम्म जाँदा गाँउमा साथीहरुको छेउमा छुट्टै सान हुने गरेको उनी सम्झन्छन् । राप्ती समितिमा आवद्ध भएपछी आफ्नो क्षमता देखाउदै सफल कर्मचारी बन्न थाले लोकराज । उनको मेहनतले समितिको पहिचान पनि उचो बन्दै गयो ।

जागीरको शीलशीलामा २०६० सालमा साथीहरुसँग भारतको कलकत्तामा जाँदा उनी एसी बस चढे । उनी लगायत साथीहरुलाई अचम्म लागेकमो थियो रे एसी बसमा चढ्दा । साथीहरुले ‘हाम्रो दाङमा यस्ता गाडी कहिले चढ्न पाईएला भनेर’ सोध्दा लोकराजले ‘दाङमा हाम्रो नातीको पालामा चल्छन् की ?’ भनेर कल्पनामै जवाफ दिएका थिए । अहिले त्यो पल सम्झदै भन्छन्ः ‘नाती पाला त के हाम्रै पालामा एसी बस चलाउन सकीयो, आफू समितिको जिम्मेवार कर्मचारी हुँदा सुविधा सम्पन्न बस चलाउन सकीयो खुसी लाग्छ ।’

खरिदारबाट यातायात समितिको कर्मचारी बनेका लोकराज आफ्नो शैक्षीक योग्यतालाई बढाउदै लगे र बढुवा हँुदै गए । पराजुली २०६८ सालमा कार्यालय प्रमुखमा बढुवा भए । जतिबेला समितिको अध्यक्ष थिए स्व.जितेन्द्र बहादुर शाह । शाहले लोकराजलाई कार्यालय प्रमुख भएर चलाउन सक्नुहुन्छ भन्दा हात्ति र माउतेको उदाहरण दिएर हात्तिलाई माउतेले चलाएन सक्छ भने मैले किन कार्यालय प्रमुख भएर चलाउन किन नसक्ने भनेर जवाफ दिएको बताउछन् । जिम्मेवारी पाएसँगै लोकराजले सफल कार्यकाल पुरा गरे ।

यातायात व्यवसायमा कर्मचारी भएर काम सुरु गरेको २५ वर्षपछी उनी निवृतसँगै सफल कर्मचारी बनेका छन् । २०७४ साउन ११ गते उनलाई औपचारिक रुपम विदाई भएका छन् । उनलाई सफल कार्यकाल पुरा गरेको भन्दै भव्य विदाई गरियो । पराजुली विदाई भएसँगै समितिमा कार्यालय प्रमुखको जिम्मेवारी सिताराम शर्माले सम्हालेका छन् ।
समितिमा आवद्ध भएर उनले धेरै नमुना काम गरेका छन् । समितिका कर्मचारीहरुलाई स्थाई बनाउने देखी सञ्चय कोषको व्यवस्था गर्नुमा उनको विशेष भूमीका छन् । उनकै विशेष पहलमा गाडी बिमाको सुरुवात गरिएको थियो । गरे हुन्छ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै लोकराजले आफ्नो २५ वर्षे कार्यकाल सफल रुपले सम्पन्न गरेका छन् । आफूलाई सफल बन्नुमा हालसम्मका सम्पूर्ण अध्यक्ष पदाधिकारी र विशेष गरि पूर्व अध्यक्ष देवीबहादुर डिसी, पूर्व कार्यवाहक अध्यक्ष एवं हाल वरिष्ठ उपाध्यक्ष भरतनाथ योगीको विशेष भूमीका रहेको उनी बताउछन् ।

भारतबाट एन.डी.वाई.डी.उतीर्ण गरेका डा. लोकराज हाल राप्ती साहित्य परिषद्को सल्लाहकार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका राप्ती अञ्चल सल्लाहकार, सिस्नोपानी नेपाल दाङको अध्यक्ष रहेका छन् । यसअघी पनि विभिन्न संघसंस्थामा आवद्ध भएर जिम्मेवारी पुरा गरिसकेका छन् । यो सँगै लोकराजको एक पहिचान भनेको हास्य कलाकार हो । उनीले रेडियो स्वर्गद्धारी एफएममा स्थापना कालदेखी धेरे वर्ष कार्यक्रम सञ्चालन गरे । रेडियोमा प्रसारित हास्यव्यग्य कार्यक्रम ‘च्वास्स चुस्स’ कार्यक्रम सञ्चालकको रुपमा पनि परिचति छन् ।

जागीरे जीवनबाट निवृत बनेक लोकराजले अबको जीवन सामाजिक कार्यमा समर्पण गर्ने बताएका छन् । विशेष गरि प्राकृतिक चिकीत्सक रहेका लोकराजले अबको दिनमा बालबालिकादेखी वृद्धहरुसम्म काम लाग्ने ‘सफलताका ५ प्राकृतिक सुत्र’ को बारेमा काम गर्ने बताए । डा. लोकराजलाई आगामी दिनमा सफलताको शुभकामना ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*