Home / मनोरञ्जन / प्रेम र शान्तिको दैलामुनी (थाहा पाउन यो भिडियो हेर्नुहोस)

प्रेम र शान्तिको दैलामुनी (थाहा पाउन यो भिडियो हेर्नुहोस)

जीत सागर जी.एम.
रोल्पाली श्रष्टा गायक पे्रम वली र शान्ती पि.एम. को तिजको कोसेली ‘दैलामुनि करेलीको झाल बरिलै’………….बजारमा आएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई मध्यनजर गर्दै नेपाली समाजमा प्रचलित तिजको भाकामा तयार पारिएको गितमा शब्द तथा लय गायक प्रेम वलीले गर्नुभएको छ । पछिल्लो समय तिजका गितहरु निकै तडक भडक बनिरहेको अवस्थामा उक्त गित भने मौलिक तिजको भाकामा भएको र परिवार संगै बसेर हेर्न मिल्ने गायक वलीले बताउनुभयो ।
६ वटा लोकदोहोरी गितमा शब्द÷संगित र ३ वटा लोक दोहरी गितमा स्वर समेत दिइसक्नुभएका गायक वलीले सम्पुर्ण हिन्दु नारीहरुमा तिजको शुभकामना सहित शान्ति पिएमको साथमा पहिलो पटक तिजको कोसेली बजारमा ल्याउनु भएको हो । एओन मुभि मेकर्स मार्फत बजारमा आएकोे उक्त गितले महिला दिदिबहिनीहरुलाई कम्मर मर्काई÷मर्काई नचाउने र भरपुर मनोरञ्जन दिने आशा गरिएको छ ।
‘बाँसुरी धुन संगै मादलुको घन्को छ , दैलामुनि करेलीको झाल बरिलै ।
चारैतिर गाँउमा तिजकै रन्को छ , कम्मर मर्काई नाच यै साल बरिलै ।’……………..जस्ता शब्दहरु समेटिएको गितमा नारी श्रृङ्गारलाई थोरै भएपनि समेटिएको छ । रोल्पाको रुण्टीगढि गाँउपालिका वर्डा नं. ६ खारामा जन्मनुभएका बुवा घनश्याम वली र आमा तुलसी वलीका कान्छा छोरा गायक वलीले औपचारिक रुपमा २०६३ सालमा पहिलो पटक दिल बस्यो गालाको कोटीमै , भेट भाको यो पहिलो चोटीमै बोलको लोकदोहरी गितमा शब्द दिएर सांगितिक यात्राको शुरुवात गर्नुभएको थियो ।
पुरै दिल छ खाली बोलको लोकदोहरीबाट संगै यात्रा शुरु गर्नुभएका गायक प्रेम र गायिका शान्तीले यसपाली तिजको कोसेली दैला मुनि बजारमा ल्याउनुभएको हो । हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजलाई मध्यनजर गर्दै ल्याइएको तिज गित संग्रह दैलामुनिले दर्शक, स्रोतालाई भरपुर मनोरन्जन दिने गायिका शान्ति पीएमले बताउनुभयो ।
भर्खरै केहिदिन अघि मात्रै युट्युुबमा सार्कजनिक गरिएको गित दैलामुनिमा मोडलको रुपमा गायक स्वयम प्रेमवली संगै दिलिप अन्जान, वर्षा वली , ममता पोख्रेलले अभियनय गर्नुभएको छ । पछिल्लो समय तिजका गित परिवारसंगै बसेर हेर्न मिल्दैन निकै छाडा आएका छन् भन्ने जस्ता गुणासा तथ प्रतिक्रिया सुनिरहेका बेला प्रस्तुत गितका शब्द निकै सामान्य र परिवार संगै बसेर मज्जाले हेर्न मिल्ने गित ल्याएको बताउनुहुन्छ गायक वली ।
दाङका विभिन्न स्थानमा सुटिङ गरिएकोे गित दैलामुनिले दर्शकको मनलाई आन्नद दिने गायिका शान्तिको दावि छ । उहाँका अनुसार दर्शक पनि आफै धेरै कुराहरु बुझिसक्नु भएकोले गितलाई सबैले मन पराउनुहुने आशा छ । हाम्रो तर्फबाट पनि दैलामुनिको सम्पुर्ण टिमलाई बधाई एवम् शुभकामना ।

 

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*