Home / समाचार / पद्मोदयमा तालाबन्दी

पद्मोदयमा तालाबन्दी

घोराही, ११ साउन
पद्मोदय पब्लिक नमुना मावि घोराहीका विद्यार्थीहरु विद्यालयमा तालाबन्दी गरेका छन् । कक्षा १२ मा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरुले चर्को शुल्क लिएको भन्दै तालाबन्दी गरेको जनाएका हुन् । विज्ञान संकाय विद्यार्थीहरुले प्रयोगात्मक शिक्षाको लागि तोकेभन्दा बढी शुल्क लिएको भन्दै आन्दोलित भएका छन् । प्रयोगात्मक शिक्षाका लागि ६ हजार ५ सय भने पनि अलिहेसम्म ९ हजार रुपैँया शुल्क लिएको भन्दै आफुहरुले उक्त शुल्क खारेज गर्न माग गरेको विद्यार्थीहरुले माग गरेका छन् । आफ्ना माग पुरा नभए आन्दोलन अझै सशक्त हुने चेतावनी दिएका छन् । साथै विद्यार्थीले मासिक शुल्क पनि चर्को लिने गरेको गुणासो गरेका छन् । विद्यालयले एक हजार तीन सयदेखि एक हजार ६ सय शुल्क लिने गरेकोले शुल्क लिने गरेको शुल्क समायोजन गर्न माग गरेका छन् । विद्यार्थीले तालाबन्दी गरेपछि विद्यालय प्रशासनले समस्या समाधानको प्रयास गरेको विद्यालयका प्रधानाध्यपक डा. कृष्णराज डिसीले जानकारी दिनुभएको छ । छलफलका लागि समन्वय भइरहेको डिसीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*