Home / समाचार / १५ हजार घुस लिएका एक कर्मचारी पक्राउ

१५ हजार घुस लिएका एक कर्मचारी पक्राउ

सिरहा, ११ साउन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सहकारी डिभिजन कार्यालय लहानका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । सहकारी संस्था दर्ता गराउन आएका सेवाग्राही सप्तरीको राजविराज नपा ११ का प्रतिमा यादवसँग नगद १५ हजार रुपैयाँ लिइरहेको अवस्थामा अख्तियारले सहायक सहकारी निरिक्षक सुवास गड्तौलाई नियन्त्रण लिएको हो ।

अख्तियार टोलीले गड्तौलालाई सेवाग्राहीसँग लिएको रकमसहित नियन्त्रणमा लिएको जनाएको छ । टोलीमै रहेका अख्तियारका प्रवक्ता रमेश बस्नेतले विशेष सूचनाको आधारमा सहकारी डिभिजन कायालयका गडतौलालाई नगदसहित नियन्त्रमा लिएको जनाएको छ ।

आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धानको लागि गड्तौलाई इटहरी लगिने तयारी भइरहेको छ । सहकारी दर्ता गराउन एकमहिना भन्दा बढी समयदेखि धाए पनि योग्य महिला कृषि सहकारी संस्थाकी प्रतिमा यादवले आफ्नो संस्था दर्ता हुन नसेकेको बताउनुभयो । उहाँले एक महिनाभन्दा बढी समय धाउँदा पनि कहिले यो मिलेन, कहिले त्यो मिलेन भन्दै कार्यलयले फर्काउँदै आएको बताउनुभयो । पछिमात्र १५ हजार रुपैयाँ लाग्ने भनेपछि आफूले रकम दिएको बताउनुभयो ।

उहाँले १५ हजार भन्दा एक रुपैयाँ पनि कम रकम ल्याए संस्था दर्ता नहुने भन्दै १५ हजार नै ल्याउन दवाव दिएको समेत बताउनुभयो ।

आफ्नो संस्था दर्ता गर्न किन ढिलाई भएको भनी कार्यालय प्रमुख रामप्रसाद सुवेदीसँग गुनासो गर्दा उनले पनि तल गडतौलाजीसँग कुरा गर्नुस् त्यही बाट सबैथाक हुने भन्दै फर्काएको बताउनुभयो । यता कार्यालय प्रमुखले भने आफूसँग लेनदेनको विषयमा कुनै कुराकानी नभएको बताउनुभयो ।

 

उज्यालो अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*