Home / Feature Breaking news / ५० औँ दिनमा देउवाले गरे मन्त्रिपरिषद् विस्तार, अधिकांश पहिलोपटक मन्त्री (को–को परे हेर्नुस्)

५० औँ दिनमा देउवाले गरे मन्त्रिपरिषद् विस्तार, अधिकांश पहिलोपटक मन्त्री (को–को परे हेर्नुस्)

काठमाडौं, ११ साउन

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री भएको ५० दिनपछि देउवाले थप १९ जनालाई बुधबार मन्त्री नियुक्त गर्नुभएको हो ।

बुधबार कांग्रेसबाट १० जना, माओवादीबाट ६, फोरमबाट २ र नेकपा संयुक्तबाट एक जना मन्त्री थपिएका हुन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शथप ग्रहण गराउनुभएको छ । १९ जना थपिएसँगै मन्त्रीपरिषद् २७ सदस्यीय भएको छ ।

बुधबार थपिएका अधिकांश पहिलोपटक मन्त्री भएका हुन् । यसअघि कांग्रेस र माओवादी केन्द्रबाट तीन/तीन जना र नेपाल फोरम लोकतान्त्रिकबाट एक जना नियुक्त हुनुभएको थियो । कांग्रेसबाट थपिने मन्त्रीमा यज्ञबहादुर थापाले कानुन मन्त्रालय, वीरबहादुर बलायरले भौतिक पूर्वाधार र योजना, मोहनबहादुर बस्नेतले सूचना तथा सञ्चार, सञ्जय गौतमले सिँचाइ, मीन विश्कर्माले वाणिज्य, अम्बिका बस्नेतले गरिबी निवारण र सहकारी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै भीमसेनदास प्रधानले रक्षा, रामकृष्ण यादवले कृषि, राजन केसीले युवा तथा खेलकुद र महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालय सम्हाल्ने भएका छन् । माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य, महेन्द्रबहादुर शाहीले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

टेकबहादुर बस्नेत सामान्य प्रशासन, शिवकुमार मण्डल आपूर्ति, सन्त चौधरी पशुपन्छी विकास र आशा खनालले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यस्तै फोरम लोकतान्त्रिकबाट जितेन्द्र नारायण देव पर्यटन र गोपाल दहित भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । नेकपा संयुक्तबाट मिथिला चौधरीले वातावरण मन्त्रालय पाउनुभएको छ ।

 

उज्यालो अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*