Home / Feature Breaking news / दाङको सुरक्षाप्रति संवेदनशील बन्न प्रशासनलाई आग्रह

दाङको सुरक्षाप्रति संवेदनशील बन्न प्रशासनलाई आग्रह

शरद रेग्मी
दाङ, ९ साउन
मानव अधिकार तथा शान्ति दाङ शाखाले जिल्लामा सुरक्षा संवेदनशीलता प्रति चिन्ता व्यक्त गरेको छ । समाज दाङ शाखाको आईतवार बसेको बैठकबाट शान्ति सुरक्षाको संवेदनशीलता प्रति राज्य गम्भीर बन्न आग्रह गरिएको छ । श्रृखलाबद्ध हत्या, रहस्यम मृत्यु, अपहरण, फिरौती, सामुहीक बलत्कारका घटना हुनु मानव अधिकारको ठाडो उल्लघन भएको भन्दै तत्काल शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन राज्यसग समाजले आग्रह गरेको छ ।

देविप्रसाद धिताल हेमराज हत्याकाण्ड, जगदीश डाँगी जेडिको हत्यारालाई पक्राउ गर्न नसक्नु, राजकुमार श्रेष्ठ, रणबहादुर घर्तीको हत्या, रत्नबहादुर वलीको रहस्यमय मृत्यु लगायतका घटनाले आम नागरिकले शान्ति सुरक्षा प्रति प्रश्न उठाएकोले यस प्रति संवेदनशील बन्न प्रशासनलाई आग्रह गरिएको छ ।
यस्तै पटक पटक विभिन्न स्थानमा हुने बलात्कार, चन्दा आतंक, आक्रमण लगायतका घटनालाई विशेष ध्यान दिन सुरक्षा निकायसँग आग्रह गरिएको छ । शान्ति समाजका सभापति सुरेश हमालको अध्यक्षता एवं केन्द्रीय सचिव सुशील बस्नेतको बिशेष उपस्थीतिमा भएको बैठकले मानव अधिकार शिक्षा, दुव्र्यसनी सम्बन्धि अनुशिक्षण लगायतका कार्यक्रम गर्ने निर्णय गरिएको सचिव शरद रेग्मीले जानकारी दिनुभयो ।

बैठकमा शान्ति समाजका केन्द्रीय योजना विभाग संयोजक मोहन धिताल, केन्द्रीय शिक्षा संयोजक निर्मल नेपाली, दाङ शाखाका संस्थापक सभापति डिल्लीराज धिताल, पूर्व सभापति तेजबहादुर कार्की लगायतको उपस्थीति थियो । त्यस अवसरमा शान्ति समाजका पूर्व सभापति सुरेश श्रेष्ठ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को वडा सदस्यमा निर्वाचीत र तुलसीपुर उद्योग बाणिज्य संघको सदस्यमा हेमेन्द्र खडका विजयी हुनुभएकोमा बधाई ज्ञापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*