Home / समाचार / जातिय सद्भाव र समानताकालागी काम गर्छुः नेपाली

जातिय सद्भाव र समानताकालागी काम गर्छुः नेपाली

घोराही, ८ साउन
जातीय सद्भाव र समानताकालागी परियार सेवा समाजले काम गर्ने अध्यष केशव नेपालीले बताउनुभएको छ । परिवार सेवा समाजको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएका नेपालीले जातिय सद्भाव र समानताकालागी आफूले काम गर्ने बताउनुभयो । अध्यक्षमा सर्वसम्मत भएसँगै आईतवार पदभार ग्रहण गर्दै दलित युवा नेता नेपालीले परियारहरुको एकताले समाज विकास र सामाजिक कार्यमा काम गर्ने उहाँको भनाई थियो । उहाँले परियार समुदायको विकासकालागी र हरेक क्षेत्रमा परियार समुदायको सहभागीताकालागी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । परियार दलित संघ दाङ क्षेत्र नम्बर ३ को उपाध्यक्ष, पाण्डवेश्वरी यातायात प्रालीको वरिष्ठ उपाध्यक्ष रहनुभएको छ भने विभिन्न सामाजिक क्षेत्रका क्रियाशील रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*