Home / Feature Breaking news / शिक्षाको दरबन्दी मिलान साउन २२ गतेसम्म हुने

शिक्षाको दरबन्दी मिलान साउन २२ गतेसम्म हुने

घोराही, ८ साउन
जिल्ला शिक्षा कार्यालय दाङले लामो समय देखि थाती रहेको दरबन्दी मिलान प्रकृया स्थानीय तहका जनप्रतिनिधीको सहमति पछि अघी बढाएको छ । आईतवार जिल्ला शिक्षा कार्यालयमा स्थानीय तहका जनप्रतिनिधीहरु, जिल्ला शिक्षा समितिका सदस्यहरु तथा शिक्षक संघसंगठनका प्रतिनिधीहरु बिच भएको छलफल पछि यही साउन २२ गते भित्र दरबन्दी मिलान गरी अपुग दरबन्दी माग गर्ने निर्णय गरिएको छ । शिक्षा कार्यालयले पटक पटक प्रयास गर्दा पनि अघि बढाउन नसकेको दरबन्दी मिलान स्पष्ट मापदण्ड बनाई तह अनुसार दरबन्दी बढी भएका बिद्यालयबाट कम भएका बिद्यालयमा स्थानान्तरण गर्ने र अपुग भएको दरबन्दी मन्त्रालयँंग माग गर्ने निर्णय भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार हाल दरबन्दी मिलान नहुदा जिल्लामा प्राबि तहमा १ सय ३४ दरबन्दी बढी रहेको छ भने निमाबि तहमा ३ सय ३८ र माध्यमिक तहमा २ सय १९ शिक्षक दबरन्दी अपुुग रहेको छ । जिल्लामा रहेका ४ सय २१ सामुदायिक बिद्यालय मध्ये १ सय ९ बिद्यालय सून्य दरबन्दीमा चलिरहेका छन् । कार्यालयले अहिले गर्न खोजेको दरबन्दी मिलान भने जिल्लामा रहेकै दरबन्दीमा बढी भएका दरबन्दीबाट सून्य दरबन्दी भएका बिद्यालयहरुमा स्थानान्तरण गर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*