Home / समाचार / महिला पत्रकारहरुद्धारा वृद्धावृद्धाहरुसँग अन्तरक्रिया

महिला पत्रकारहरुद्धारा वृद्धावृद्धाहरुसँग अन्तरक्रिया

घोराही, ८ साउन
क्रियाशील पत्रकार महीला दङले घोराही उपमहानगरपालीका वडा न. १६ मा रहेको जेष्ठ नागरीक सरोकार केन्द्रद्धारा संचालीत वृद्धाश्रममा रहेका जेष्ठ नागरीकहरुसँग आईतवार अन्तरक्रिया गरेको छ ।

20229073_1739847876043974_286249432887615957_n
क्रियाशील पत्रकार महीला दाङका अध्यक्ष सन्ध्या रेग्मीको अध्यक्षता एवं क्रियाशील पत्रकार महीला दाङका सल्लाहाकारहरु लीला शाह, बसुन्धरा गौतम, लक्ष्मी आचार्य लगायतको आतिथ्यमा भएको कार्यक्रममा वृद्धाश्रममा वस्दै आउनु भएका जेष्ठ नागरीकहरुले विभिन्न कारणले आश्रममा बस्न वाध्य भएपनि आश्रमको बसाइ आफुहरुका लागी दुख विसाउने घर भएको बताएका थिए ।

20246284_1739847716043990_7807894871384763015_n

आश्रममा रहदा आफुहरुको लालन पालन र स्वास्थ्य उपचारमा समेत सहयोग पुगेको उनीहरुको भनाई छ । कार्यक्रममा वृद्धाश्रमका व्यवस्थापक हिरा शाहले दाताहरुको सहयोगमा आश्रममा बस्दै आएका जेष्ठ नागरीकहरुको लालन पालनमा सहयोग पुगेको बताउनुभयो । पछील्लो समय जेष्ठ नागरीकहरुलाइ सहयोग गर्ने सहयोगी हातहरु बढेकोप्रति खुसी व्यक्त गर्दे आफूहरुका लागी चाहीने खाद्यान्न, दाल तरकारी, साग सब्जी जस्ता दैनीक भान्सामा प्रयोगहुने सामाग्री भए अझ राम्रो हुने बताउनु भयो ।

20228529_1739848246043937_271848232000785731_n
व्यवस्थापक शाहाले आश्रममा वस्दै आउनु भएका जेष्ठ नागरीकहरुमा वाथ, दम, प्रेसर र ग्याष्टीक जस्ता समस्या भएको वताउदै विभीन्न संघ संस्थाको पहलमा मासीक रुपमा औषधी उपचार र चेकजाँच गर्दै आएको बताउनुभयो । साथै नदी किनारामा रहेको आश्रममा पुग्नका लागी बाटो तथा पुलको समस्या रहेको बताउदै यसतर्फ सरोकारवाला निकायको ध्यान जान सके जेष्ठ नागरीकहरुलाइ आवात जावत गर्न र त्यहासम्म पुग्न चाहाने अन्य आगन्तुकलाइ समेत सहज हुने बताउनु भयो । वृद्धाश्रममा हाल ९ महीला र ९ पुरुषगरी १८ जना बस्दै आएका छन् क्रियाशील पत्रकार महीला(डब्लुडव्लुजे) ले सन्डे क्लव अन्तरगत आईतवार वृद्धाश्रममा अन्तरक्रिया गरेको हो । त्यस अवसरमा वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*