Home / समाचार / ग्वारखोलाबाट टिप्पर र जेसीवी प्रहरी नियन्त्रणमा

ग्वारखोलाबाट टिप्पर र जेसीवी प्रहरी नियन्त्रणमा

घोराही, ८ साउन
अवैध रुपमा नदिजन्य वस्तु उत्खनन्का प्रयोग गरिएका ३ वटा टिप्पर र एक जेसीवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले साउन ६ गते ग्वार खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी ओसार पसार गरिरहेको अवस्थामा रा १ ख ९९५, रा १ ख १३४३, ना ७ ख ४००२ नम्बरको टिप्पर र नम्बर नभएको एक जे.सि.बी.लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । पक्राउ परेका सवारी साधनलाई गिट्टी बालुवा सहित आवश्यक कार्वाहीको लागि जिल्ला समन्वय समिति घोराही दाङमा पठाईएको पनि तिवारीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*