Home / Feature Breaking news / साउनमा धान पाकेर पहेलै

साउनमा धान पाकेर पहेलै

दाङ, ७ साउन
साउन महिना वर्षाको समय । यो महिना धान रोपाईको उत्तम महिना हो । जताजतै रोपाई चलिरहेको छ तर दाङको देउखुरीका विभिन्न स्थानमा धान पाकेर पहेलै छ । धान स्याहार्नकालागी किसानहरुलाई चटारो छ । पाकेको धान भित्राएर फेरी रोपाई गर्ने तयारी उनीहरुको रहेको छ ।

न मनसुन फाटेको छ, न मनसुन सक्रिय, यस्तै दोसांधमा देउखुरीका किसानहरु छटपटिमा छन् । घाम लागे धान स्याहार्ने चटारो, कालो वादल देखिए कुलो नलाग्ने खेतमा धान रोप्ने चटारो यस्तै समस्यामा देउखुरीका किसानहरुको निद्रा हराम भएको छ । आजभोलीको समय किसानहरुलाई धान रोपाइको चटारो त कतै धान काट्ने चटारो देखिन्छ । हुन त असार सवैका लागि महत्व र वेफुर्सतको महिना मानिन्छ । मानो रोपेर मुरी फलाउने भएका कारण पनि असार धान खेती गर्ने सवै भन्दा उत्कृष्ठ महिना हो । तर गत वर्ष देखी देउखुरीमा चैते धान रोपाई सुरु हुनथाले पछि किसानहरुलाइ असार महिना धान भित्राउने र रोप्ने चटारो बढ्ेको हो । राजपुर गाँउपालिकाको गुरुङखोला, लालमटिया र लमही नगरपालिका केही सिचाइ सुविधा भएका स्थानमा चैते खेती गरिदै आएको छ । सोही स्थानका कृषकहरुले हतार हतार चैते धान काट्दै पनः धान रोप्ने हतार हतार भएको कृषकहरुले बताएका छन् । तर त्यसले उनीहरुलाइ भ्याइ नभ्याइ छ ।

गत वर्ष लमही नगरपालिका÷४ वनगाँउको आश्रमका चैते धान खेती गरिए पनि प्राप्त मात्रमा सिचाइ नहुदा उत्पादन कमी भएको भन्दै टंक प्रसाद न्यौपानेले यस वर्ष भने चैते धान नलगाएको वताए । उनी भन्छन्– ‘चैते धान देउखुरीमा फल्छ दुइ मत त छैन तर पनि थोरे जग्गामा व्यवसायि खेती गर्नु पर्छ त्यो पनि संस्थागत होइन व्याक्तीगत थोरै जग्गामा गरियो भने सफल भइन्छ ।’

20158528_1489311824459286_953291112_n
केही चैतमा धान खेती सुरु गरेका किसानहरुले धान खेती गर्ने सयम मै नहरहरुमा मर्मत सुरु हुनेहुदाँ प्राप्त सिचाई नपुग्ने बताए । चैते धान खेती गर्ने कृषहरुलाइ कृषी विकास कार्यालय दाङले च्याफा किन्न ७० हजार रुपैया अनुदान दिएको र २५ हजार रुपैया प्रोत्साहन वापत दिने भनिएपनि अझै नपाएको बताए । आश्रमका जस्तै देउखुरीका सिचाइ युक्त राप्ती वारि र पारि विभिन्न क्षेत्रहरुमा चैते धान खेती गरिएको कृषी सेवा केन्द्र लमहीले जनाएको छ । देउखुरीमा केही खेतहरुमा असारको पहिलो हप्तादेखि धान रोप्ने कार्य तिव्र रुममा चले पनि कही धान काट्ने कही रोप्ने कार्य भएको छ । चैते धान खेती भएका खेतहरुमा धान काटेर फेरी पुन धान रोपाइको समेत तयारी भइ रहेको देखिन्छ । केही खेतमा धान पाक्ने क्रममा रहेको पनि सेवा केन्द्र लमहीले जनाएको छ । कृषी क्षेत्रमा सरकारी लगानी र चासो वढ्दै जान थाले पछि कृषी पकेट क्षेत्रम मानिने देखुउरीमा पछिल्लो समयमा कृषी क्षेत्रमा सरकारी लगानी तथा चासो वढेको छ । कृषीलाई आधुनिकरण गर्दै आत्मनिर्भर वनाउनका लागि सरकारी चासो बढेकोलाई कृषकरुले सकारात्मक रुपमा लिन थालेका छन ।

ropai
नेपाल सरकार कृषि विभागले धानमा उत्पादन वढाउन १० वटा जिल्लामा चैते धान खेती योजनालाई नमुनाको रुपमा खेती गर्न थालेको हो । जस अन्र्तगत दाङ पनि छनौट परेको थियो । दाङको पनि उक्त खेतीका उपयुक्त देउखुरीलाइ प्रथमितामा राखेर चैते धान खेती सुरु गरिएको कृषि विकाश कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ५ वर्षे वृहत्तर योजना बनाएर चैते धान खेती उत्पादन विस्तार कार्यक्रम सन्चालन भएको छ । यसका लागी कृषकहरुलाइ उत्साहित गर्न कृषकहरुका लागी अनुदान दिने व्यवस्था रहेको उनले बताए । लक्ष्य बमोजिम गत वर्ष देउखुरीमा ६० हेक्टरमा धान खेती गर्ने कृषकहरुको माग आएता पनि यस वर्ष सुपरजोन कार्यक्रम लागु भए पछि चैते धान खेती गर्ने कृषकहरु केही कम भएको कृषी सेवा केन्द्र लमहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*