Home / Feature Breaking news / जनता आवास कार्यक्रम अन्तरगत दाङमा १ हजार ४० घर बन्दै

जनता आवास कार्यक्रम अन्तरगत दाङमा १ हजार ४० घर बन्दै

देवी भण्डारी
दाङ, ६ साउन
शहरी बिकास डिभिजन कार्यालयको जनता आवास कार्यक्रम अन्र्तगत यसवर्ष दाङमा १ हजार ४० घर बन्ने भएका छन् । यी घर बन्नकालागी सरकारले आवास निमार्णका लागी दाङमा २४ करोड ३० लाख ४८ हजाररुपैया रकम विनीयोजन गरेको छ ।
सरकारले क्रमागत बजेट विनियोजन अन्तर्गत वितरण गरेको आवास निर्माण कार्यक्रममा पहिलो चरण र दोश्रो चरण गरी बजेट विनियोजन गरिएको भवन डिभीजन कार्यालय दाङले जनाएको छ । पहिलो चरणमा २ सय ११ घरहरु निर्माण भईसकेको र बाँँँकी घरहरु सम्झौता अनुसार नै काम अघि बढाईएको जनता आवास कार्यक्रमका ईन्जिनियर बिजय रेग्मीले जानकारी दिनुभएको छ।
सरकारले एक घरकालागी २लाख ३३हजार ७ सय छुट्टाएको छ । विपन्न, गन्धर्व तथा बादि समुदायका परिवारलाई २ कोठे आवास र चर्पी निर्माणका लागी बजेट दिने गरेको ईन्जिनियर रेग्मीले जानकारी दिनु भएको छ । दाङ लगायत सल्यानमा पन यो कार्यक्रम ला्गु छ । यो कार्यक्रम पनि भवन डिभिजन कार्यालय दाङले हेरेको छ । सल्यानमा १ सय ३० घर परिवारको निवेदन परेको थियो । त्यस मध्य १ सय २६ वटा घरको काम भई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*