Home / Feature Breaking news / लमही र घोराहीबाट १६ जना बन्दकर्ताहरु पक्राउ

लमही र घोराहीबाट १६ जना बन्दकर्ताहरु पक्राउ

घोराही, ६ साउन
अपहरणपछि हत्या भएका दाङका निर्माण व्यवसायी रणबहादुर घर्तिको हत्याको विरोधमा आह्वान गरिएको यातायात बन्दका क्रममा बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । गाडी बन्द गराउन बसेकाहरुलाई घोराही र लमहीबाट पक्राउ गरेको रणबहादुरका दाई गनबहादुर घर्तिले जानकारी दिनुभयो । आफूसहित हिन्दु जागरण नेपाल दाङका अध्यक्ष यमबहादुर भण्डारी लगायतलाई पक्राउ गरेको घर्तिले जानकारी दिनुभयो । लमहीबाट र घोराहीबाट प्रहरीले पक्राउ गरेको हिन्दु जागरण नेपाल दाङले जानकारी दिएको छ ।
लमहीमा हिंसात्मक घटना हुन सक्ने संभावना बढेपछि १५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । यस भन्दा प्रहरीले घोराहीबाट १ जनालाई पक्राउ गरेको छ ।
अपहरणपछि हत्या भएका दाङका निर्माण व्यवसायी रणबहादुर घर्तिको हत्याको विरोधमा आज दाङमा यातायात सेवा बन्द भएका छन् । विनाकारण रणबहादुरको हत्या भएको विरोधमा हिन्दु जागरण नेपाल दाङले आज दाङमा यातायात बन्दको आह्वान गरेको हो । जागरणका जिल्ला सदस्य एवं युवा समितिका जिल्ला संयोजक घर्तिको हत्यारालाई हदैसम्मको कारबाही, श्रीमतिलाई रोजगारको ग्यारेन्टी, छोराहरुलाई गुणस्तरिय शिक्षाको ग्यारेन्टी हुनुपर्ने माग गर्दै चक्काजाम गरिएको हो । जसका कारण साना तथा ठुला सवारीका साधन चल्न सकेका छैनन् । घोराही बजारमा पसलहरु पनि आंशीक मात्रामा खुलेका छन् । यातायात बन्द आह्वानकर्ताहरुले परिक्षा सञ्चालन भएका विद्यालयहरु बाहेकका विद्यालयहरु बन्द छन् ।
तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुरको पनि हत्या गरिएको थियो । काम विशेषले रुकुम जादै गरेका रणबहादुर राजकुमार श्रेष्ठलाई अपहरण गरेको पोल खुल्ने डरले अपहरणमा परेका थिए । जेठ २६ गते अपहरण भएका रणबहादुरको ३ दिनपछि अपहरणकारीहरुले हत्या गरेको प्रहरीले बताएको छ । घर्तिको शव सल्यानको झिम्पे जंगलमा एक महिना पछि असार २८ गते भेटिएको थियो । परिवारले शव वुझेका छैन भने प्रहरीमा जाहेरी पनि दिएको छैन । उनको शव राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा राखीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*