Home / समाचार / जिल्ला वनद्धारा उत्कृष्ट व्यक्ती र संस्थालाई सम्मान

जिल्ला वनद्धारा उत्कृष्ट व्यक्ती र संस्थालाई सम्मान

दाङ, ५ साउन ।
जिल्ला वन कार्यालय दाङले जिल्लामा वन क्षेत्रमा योगदान पु¥याउने व्यत्ति तथा संघ संस्थाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कार्यालयले विहिवार घोराहीमा एक कार्यmमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो । कार्यालयले सामुदायिक वन तर्फ प्रगती सामुदायिक वन उपभोक्ता घोराही उप महानगर पालिका ७ को समुह प्रथम, वैबाङ सामुदायिक वन समुह तुल्सीपुर ४ को द्धितीय, महिला नमुना सामुदायिक वन समुह तुल्सीपुर १७ तृतियको रुपमा पुरस्कृत गरेको छ ।

ddd

त्यसै गरेर वन डढेलोको क्षेत्रको उत्कृतष्ट काम गरेको भन्दै अम्वेसामुदायिक वनलाई प्रथम, सिद्धवावा सामुदायिक वन द्धितिय, गौरीशकर सामुदायिक वनलाई तृतीयको रुपमा पुरस्कृत गरेको छ । यसैगरी वन्य जन्तु संरक्ष्णको क्षेत्रमा काम गरेको भन्दै त्रिशति सामुदायिक वन र कालापानी सामुदायिक वनलाई पुरस्कृत गरेको छ । यसै गरी वन वातावरण वन्य जन्तु संरक्ष्णमा कमल चलाएको भन्दै पत्रकारहरु आर.के. शीतल र निमुसंगम घर्तिलाई पुरस्कृत गरेको छ । त्यस अवसरमा निजी वन दर्ता गरेका व्यक्तिहरुलाई पनि पुरस्कृत गरीएको थियो । पुरस्कार प्रदान कार्यक्रम जिल्ला वन अधिकृत सुर्यकान्त सिग्देलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सामुदायिक वन महासंघ दाङका अध्यक्ष शोभाकार सापकोटा, नेपाल पत्रकार महासंघ दाङ शाखा कोषाध्यक्ष आर.के. शीतल लगाएतकाले भनाई राखेका थिए । वरिष्ठ जिल्ला वन अधिकृत हरिप्रताप श्रेष्ठको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण माधव तिमील्सीनाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*