Home / मनोरञ्जन / कपडा फेर्दा कटुवाल आईपुगेपछी मोडल सीर्जु लाजले भुतुक्कै

कपडा फेर्दा कटुवाल आईपुगेपछी मोडल सीर्जु लाजले भुतुक्कै

नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका (तीज) को अवसरमा नेपाली संगीत बजारमा जीत गीतको सिजन छ । आजभोली जताततै तीज गीतहरु घन्कीरहेका हुन्छन् । हरेक वर्ष झै तीजको रौनकता सुरु भएको छ । तीज पर्वलाई विशेष पर्वका रुपमा गीतले रौकनता थप्छ । अन्य पर्व भन्दा यो पर्वमा गीतको विशेष महत्व रहने गर्दछ । तीज गीतहरुको भिडमा सबैले फरक फरक गीत बजारमा ल्याईरहेका छन् । दंगाली कलाकारहरुका दर्जनौ गीतहरु ऋहिले बजारमा आएका छन् । जसले गर्दा तीज गीतमा दंगाली कलाकारहरुको विशेष स्थान रहेको छ । दंगाली कलाकारहरुको गीत उत्कृष्ट पनि छन् । दंगाली गायीकाएवं मोडल सीर्जु अधिकारीको यसवर्षको तीज गीत पनि बजारम आएको छ । तुल्सीपुर निवासी सीर्जु पछिल्लो समय नेपाली संगीत क्षेत्रमा गायीका एवं मोडलको रुपमा आफूलाई परिचित गराउदै स्थापीत गरिसकेकी छिन् । उनको स्वरमा रहेका दर्जन बढि गीतहरु स्रोता दर्शकहरुको रोजाईको गीत बनेका छन् । सीर्जुले दर्जनौ गीतमा अभिनय गरिसकेकी छिन् ।19989686_1476550299057887_5330206815161342912_n

सीर्जुको यसवर्षको तीज गीत बजारमा आएको छ । ‘म त लाजैले भए भुतुक्क’ बोलको तीज गीत यसवर्षको तीज गीतमध्यको एक उत्कृष्ट गीत बनेको छ । यो गीतमा प्रेमी र प्रेमीकाको कुराकानीलाई समेटिएको छ । आफ्नी मायालुलाई तीजमा कसरी राम्री र दामी देखाउने भन्ने प्रेमीको अपेक्षालाई गीतमा समावेश गरिएको छ । प्रेमीकालाई कसरी राम्री बनाएर सबैको माझमा उत्कृष्ट बनाउने भन्ने प्रेमीहरुको चासोलाई गीतमार्फत व्यक्त गरिएको छ । तीजको बेलामा नाच हेर्न जाने सल्लाह अनुसार प्रेमी घरमा आएपछिको समस्यालाई गीतमा उल्लेख छ । ‘तिमी त्यहीबेला आयौ सुटुक्क, आउ नि भन्न सकीन जाउ नि भन्न सकेन, मत लाजले भए भुतुक्क’ बोलको यो गीतमा सीर्जुले नै अभिनय गरेकी छिन् ।

तीजको नाचमा सहभागी हुनकलागी सीर्जुले कपडा चेन्ज गर्ने बेलामा यस गीतका गायक एवं अभिनयकर्ता प्रकाश कटुवाल टुप्लुक्क आईपुगेपछि सीर्जु लाजले भुतुक्क भएको दृष्य यस गीतको सुरुवातमा समेटिएको छ । फोन गर्दा नउठेपछी मायाले भेट्न आत्तुर भएर घरमै आईपुगेका आफ्नो प्रेमीलाई आमा र वुवाको नजरबाट लुकाउन खोज्दा पनि वुवा आमाले थाहा पाएपछि भोग्नुपरेको समस्यालाई गीतमा समावेश गरिएको छ । अन्तीममा घरबाट भागेरै भएपनि तीजमा भेटेको कथालाई गीतमा उल्लेख गरिएको छ ।
हरेक वर्ष तीज गीत बजारमा ल्याउने सीर्जुले आफ्नो स्वरमा रहेको यो गीत यस वर्षका तीज गीतमध्यको उत्कृष्ट गीत हो । प्रकाश कटुवालको शब्द र लय रहेको यस गीतमा प्रकाश कटुवाल र सीर्जु अधिकारीको स्वर रहेको छ । जुन गीतलाई स्मृति म्यूजिकले बजारमा ल्याएको हो । शंकर विसीको निर्देशन, राजेश घिमीरेको छायांकन, नविन घर्ति मगरको सम्पादन रहेको यस गीतको दृष्य निर्माण कृष्ण फिल्मस् एण्ड एड्भरटाईजिङ्गले गरेको हो ।

भिडियोकालागी यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*