Home / Feature Breaking news / दाङमा ४० प्रतिशत धान रोपाई

दाङमा ४० प्रतिशत धान रोपाई

देवी भण्डारी
दाङ ३ साउन
साउनको पहिलो सातासम्म पनि दाङमा ४० प्रतिसत धान मात्र रोपाई भएको छ । यस वर्ष हालसम्ममा ४० प्रतिशत धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । दाङमा २०६९⁄७०मा ३८ हजार ५ सय १० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा घटेर हाल ३७ हजार ५ सय ८ हेक्टर क्षेत्रफलमा मात्र धान खेती हुने गरेको कृषि विकास कार्यालयका सुचना अधिकृत भरतमणी पोख्रेलले जानकारी दिनुभएको छ ।

दाङमा खेती योग्य जमिनमा कमी आउनु बढ्दो शहरीकरण तथा श्रमीक नपाउनु मुख्य कारण भएकोकृषी कार्यालयको भनाई छ । खेतीयोग्य जमीन दिनप्रतीदिन घटदै गएकोे जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । दाङका अधिकांस जमिनमा आकासे पानीको भरमा खेती हुनाले समयमै पर्याप्त मात्रामा मनसुन नहुदा ४० प्रतिशतमात्र धान रोपाई भएको पोख्रेलले जानकारी दिनुभएको छ ।

Ropai 2

सरकारले किसानहरुलाई कृषीमा आर्कषण गर्नका लागी किसानहरुलाई कम मुल्यमा धानको विउ उपलब्ध गराउने गरेको छ । जुन बीउबाट उत्पादीत धान अर्को वर्षका लागी किसानहरुले बिउको रुपमा प्रयोग गर्ने गर्दछन । जिल्ला कृषि विकास कार्यालय मार्फत यसवर्ष दाङका ५ वटा कृषि सहकारी संस्थाले बीउ पाएका छन् । सुर्योदय कृषि सहकारी संस्था वेला, हरितक्रान्ती कृषि सहकारी संस्था सुनपुर, दीगो खाद्यान्न कृषि सहकारी संस्था ढिकपुर, जैविक विविधता कृषी सहकारी संस्था रामपुर र साउनेपानी कृषि सहकारी संस्था शान्तीनगरले बीउ उत्पादन गरेको जिल्ला कषी कार्यालयले बताएको छ । कृषि सहकारी संस्थाबाट उत्पादीत धानको विउ जिल्ला कृषि विकास कार्यालय मार्फत तथा उत्पादक संस्था आफैले पनि विक्री तथा वितरण गर्न पाउने पोख्रेलले जानकारी दिनुभएको छ ।

यसवर्ष जिल्लामा सुख्खा १ , सुख्खा २ , सुख्खा ३ , सुख्खा ४, सुख्खा ५, राम धान, विन्देश्वरी, सावित्री, सावा मसुली एवं नयाँ धानको रुपमा डी.आर.आर ४४ जातका धान रोपिएको छ । २०७२।७३ मा १ लाख ४९ हजार ६ सय ५० मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । यसवर्ष धान उत्पादन अघिल्लो वर्षको तुलनामा कम हुने सम्भावना रहेको जिल्ला कृषी विकास कार्यालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*