Home / समाचार / अफिसर्स क्लबद्धारा स्वागत तथा विदाई

अफिसर्स क्लबद्धारा स्वागत तथा विदाई

तुलसीपुर, ३ साउन
अफिसर्स क्लव तुलसीपुरले विभिन् व्यक्तीहरुलाई स्वागत तथा विदाई गरेको छ । भखरै सरुवा भएर आउनु भएका क्लवका संरक्षक प्रमुख जिल्ला अधिकारी सहित विभिन्न नव आगन्तुक कार्यालय प्रमुखहरुलाई स्वागत तथा सरुवा भएर जान लाग्नु भएका अन्य क्लवका सदस्यहरुलाई विदाई गरेको हो ।
यसरी स्वागत गरिनेहरुमा उच्च अदालत तुलसीपुरका न्यान्यधिश तथा क्लवका संरक्षक सुदर्शनदेव भट्ट, प्रमुख जिल्ला अधिकारी तथा क्लवका संरक्षक गजेन्द्रबहादुर श्रेष्ठ, उच्च अदालत तुलसीपुरका रजिष्ट्रार अच्युत कुईकेल, सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रमुख जगदिश जोशी, इलाका प्रशासन कार्यालय तुलसीपुरका शाखा अधिकृत निमबहादुर ओली र मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश बहादुर खडका लगाएतका लाई स्वागत गरिएको छ ।
क्लवका मुख्य संरक्षक एवम उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश बम कुमार श्रेष्ठ र क्लवका कार्यवाहक अध्यक्ष अच्युत प्रसाद दाहालले खादा, पुष्प गुच्छा र क्लवको सदस्यता प्रदान गरी स्वागत गर्नु भएको हो
सल्लाहकार सरुवा भएर जाग्नभएका राप्ती अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक ज्ञान विक्रम शाह, सेवाबाट निबृत हुनु भएका क्लवका सदस्य द्धय डा. मुरली मनोहर रौनियार र शुवास गौतमलाई विदाई गर्दै मायाको चिनो पुष्पगुच्छा प्रदान गरेर विदाई गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*