Home / Feature Breaking news / घोराही र तुल्सीपुर उपमहानगरपालिका कार्यपालिका पूर्ण

घोराही र तुल्सीपुर उपमहानगरपालिका कार्यपालिका पूर्ण

दाङ, २ साउन
घोराही उपमहानगरपालीकाको नगरकार्यपालीकाले पुर्णता पाएको छ । निर्वाचीत महीलाप्रतीनधीवाट ५ जना महीला तथा अल्पसंख्यक तथा सिमान्तकृत वर्गवाट ३ जना गरि आठजना मनोनित गरेर कार्यपालीकालाई पूर्णता दिएको हो । अल्पसंख्यक तथा दलीतवबाट जितेन्द्र मान नेपाली, डील्लीबहादुर नेपाली, अल्पसंख्यकबाट धनबहादुर कुसुण्डा निर्वाचीत हुनु भएको छ । यसैगरी मनोनित महीलातफ पशुपती चौधरी, माया रावत, टोपा कुमारी पौडेल, दलीत महिला तर्फबाट पवित्रा बि.क, विमला गन्धर्व रहनुभएको छ । निर्वाचीत पदाधिकारीहरुलाइ मुख्य निर्वाचन अधिकृत चुरामण खड्काले पद तथा गोपनीयताको सपथ गराउनु भएको छ ।
घोराही उपमहानगरपलीकामा मेयर, उपमेयर, १९ वडाका अध्यक्ष सहीत अन्य ८ जना सदस्य गरि २९ सदस्य सहित नगरकार्यपालीकाले पुर्णता पाएको घोराही उपमहानगरपालीकाका प्रवक्ता भरत अर्यालले जनाकारी दिनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा पनि कार्यपालिका गठन भएको छ । दलित, अल्पसंख्यक र महिलाबाट नगरसभामा सहभागीता गराउने गरी कार्यपालिका गठन गरिएको हो । जनप्रतिनीधि निर्वाचित भएको १५ दिनमा कार्यपालिका गठन गर्ने नियम रहेको छ । आज सम्पन्न भएको निर्वाचनबाट दलित तथा अल्पसंख्यकबाट देवराज विश्वकर्मा, अमर नेपाली, दिपक कुमाल कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ । यस्तै महिला सदस्यमा चित्राकुमारी मल्ल, जानका रेग्मी, तिला परियार, शान्ता पुन मगर र सुशीला बुढाथोकी कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ । दाङमा रहेका दश स्थानीय तहमा असार २९ गतेदेखि आजसम्म कार्यपालिका गठनका लागि समय तोकिएको थियो । कार्यपालिका गठनसंगै अब जिल्ला समन्वय समिति गठनको प्रक्रिया सुरु हुने जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*