Home / Feature Breaking news / कमैया मुक्त दिवशः ‘पुर्नस्थापना भएन’

कमैया मुक्त दिवशः ‘पुर्नस्थापना भएन’

देवी भण्डारी
घोराही, २ साउन
कमैया मुक्त भएको १७ वर्ष पुगेको छ । तत्कालिन सरकारले २०५७ साउन २ गते कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका बधुवा मजदुरको रुपमा काम गर्न बाध्य कमैयाहरुलाई मुक्त भएको घोषणा गरेको थियो । त्यही दिनको संझनामा मुक्त कमैयाहरुले आज २ गते मुक्ति दिवस मनाउने गरेका छन् । तर मुक्ति दिवस मनाइरहे पनि अझै पुनस्थापना हुन नसक्दा भने समस्या नै रहेको बताउँछन् । कमैया मुक्तिपछि हरेक सरकार तथा जिल्लास्तरका राजनीतिक दलहरुले पनि कमैया पुनस्थापनाको आश्वासन दिए पनि अझै थुपै्र कमैया पुनस्थापना हुन नसकेको मुक्त कमैयाहरुको भनाई छ । पुनःस्थापना हुन बाँकी रहेका र छुटेका मुक्त कमैयाहरुको तत्काल लगत लिएर पुनःस्थापना गरिनुपर्नेमा मुक्त कमैयाहरुले जोड दिदैं आएका छन् ।

33
१८ औँ मुक्त कमैया दिवस दाङमा पनि भव्यरुपमा मनाईएको छ । दिवशकोअवसरमा घोराहीमा ¥याली एवं सभा गरिएको छ । घोराहीको ट्राफिक चोकबाट सुरु भएको ¥यालीमा बालबालिकादेखी वृद्धवृद्धाहरुको सहभागीता रहेको थियो । ¥यालीमा सहभागीहरुले विभिन्न माग लेखीएको प्लेकार्डहरु बोकेका थिए । ट्राफिक चोकबाट सुरु भएको ¥यालीले बजारको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्या हुदै कर्मचारी मिलन केन्द्रमा पुगेर कार्यक्रम गरेका थिए ।

55
मुक्तकमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्ष्ता तथा मुक्तकमैया समाजका केन्द्रिय सदस्य सन्तोली थौधरी को प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । २०५७ सालमा कमैया मुक्त भए पनि अहिलेसम्म मुक्तकमैयाहरुको पुर्नस्थापना नभएको मुक्त कमैयाहरुले गुनासो गरेका छन् । दाङमा ६ हजार ४ सय बहत्तर जना मध्य अहिले सम्म १४ सय २६ जना मुक्त कमैयाहरुले कार्ड प्राप्त गरेका छन् ।

2

७ सय ५ जनाले लालपुर्जा प्राप्त गरेका छन । लालपुर्जा प्राप्त मध्य १७ जनाको हातमा जग्गा विनाको लालपुर्जा रहेको मुक्तकमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिनुभएको छ । साथै भुमीसुधार कार्यलयमार्फत २२ सय जनालाई सीप सिकाईएको पनि चौधरीले जानकारी दिनुभएको छ । दाङको लालमटिया र सिसँनियामा मुक्त कमैयाको संख्या धेरै रहेको पनि चौधरीले जानकारी दिनुभएको छ ।

44

मुक्तकमैयाहरुले नेपाल सरकारले काठ खरिद बाफत दिने भनेको १ लाख रुपैया नभई ३५ क्युफिठ काठ नै उपलब्ध गराउन माग गरेका छन् । मुक्तकमैया समाज दाङका सदस्य लोकमाया चौधरीको स्वागत मन्तव्यबाट शूरुभएको कार्यक्रममा जिल्ला सदस्य मानबुझउना चौधरी लगाएतले बोल्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*