Home / समाचार / तरकारी पकेटक्षेत्र कपुरकोट घाँस खेतीमा पनि अगाडी

तरकारी पकेटक्षेत्र कपुरकोट घाँस खेतीमा पनि अगाडी

शंकर के.सी
सल्यान, १ साउन
सल्यानको कपुरकोट अव वेमौषमी तरकारी खेतीमा मात्र सिमीत नरहेर घाँस उत्पादनमा पनि अग्रस्थानमा देखिएको छ । पछिल्लो समय यस क्षेत्र उन्नत घाँस उत्पादनको श्रोत केन्द्रको रुपमा परिचीत हुंदै गएको छ ।
सामुदायीक वन समूहहरुले डाले घाँस तथा भुँइ घाँस उत्पादन गर्दै आएका छन् । उत्पादन गरेको घाँस समूहबाट उपभोक्तालाइ पुगिसकेपछि जिल्लाका विभिन्न क्षेत्र सम्म घाँसको विरुवा विक्री समेत हुने गरेको छ । जिल्ला पशु सेवा कार्यालय सल्यानले कपुरकोट क्षेत्रका सामुदायीक वन समूहबाट घाँस उत्पादन र विक्रि भइरहेको जनाएको छ । कपुरकोट गाँउपालिका वडा नम्बर ३ मा रहेको पाखापानी सामुदायीक वन समूहले नर्सरी नै स्थापना गरेर घाँस उत्पादन तथा विक्रि मार्फत आम्दानी पनि गर्दै आएको छ ।

001
वन समूहकी अध्यक्ष तारादेवी सेनले आफ्नो वन समूहमा विभिन्न जातका वहुवर्षीय डाले घाँस रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले केहि वर्षयता निपियर, अम्रिसो, टाँकी, कोटमीरो, खन्यु लगाएतका उन्नत घाँसको विरुवा उत्पादन गर्दै आइरहेका छौं ।’ उन्नत जातको घाँस पोषिलो हुने र पशुपालनमा सजिलो हुने भएपछि अहिले आफ्नो समूहका किसानहरुले बारीको ढिक काल्नामा घाँस खेती गरेको उहाँले जानकारी दिनुभयो । व्यावसायीक घाँस उत्पादनले पशुपालनको लागत घटाउने भएकाले पशु कार्यालयले पनि विभिन्न सहयोग गरिरहेको छ । पाखापानीमा घाँस उत्पादनका लागी नर्सरी स्थापनामा ३० हजार बराबरका सामाग्री र घाँसको विउ सहयोग गरेको पशु सेवा केन्द्र कपुरकोटका पशु स्वास्थ्य प्राविधिक नवराज रेग्मीले जानकारि दिनुभयो । हाल सम्म ३७ हजार भन्दा बढि घाँसका विरुवा पाखापानी सामुदायीक वनबाट किनेर सल्यानको कालिमाटी, रागेचौर लगाएतका क्षेत्रमा पठाइएको रेग्मीले जानकारि दिए ।

002
विरुवा विक्रीबाट यो वर्ष १ लाख आम्दानी भएको वन समूहकी अध्यक्ष सेनले बताउनुभयो । विरुवा उत्पादनमा जिल्ला वन कार्यालयले पनि सल्लाह सहयोग गरेको उहँको भनाई छ । अझै आफ्नो नर्सरीमा ४५ हजार बढि घाँसका विरुवा रहेको सेनले बताउनुभयो ।
पशु सेवा कार्यालय अन्तर्गत जिल्लाका विभिन्न सेवा कार्यालय मार्फत सुडान, बाज्रा, मकै चरि, रिओसेन्टी, स्टाइलो जस्ता भुँइ घाँसको विउ वितरण भइरहेको कार्यालयले जनाएको छ । व्यवसायीक पशुपालन मार्फत जिल्लालाइ मासु र दुधमा आत्मनिर्भर बनाइ किसानहरुको आर्थीक विकासमा टेवा पु¥याउन उन्नत घाँस खेती जरुरी रहेको कार्यालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*