Home / Feature Breaking news / व्यवसायी रणबहादुरको हत्या विरोधमा मौन जुलुस

व्यवसायी रणबहादुरको हत्या विरोधमा मौन जुलुस

घोराही, ३० असार
दाङका निर्माण व्यवसायी रणबहादुर घर्तिको हत्याको विरोधमा घोराहीमा मौन जुलुस निकालिएको हो । जलुसमा सहभागीहरुले हत्यारालाई हदैसम्मको कारवाही, श्रीमतिलाई रोजगारको ग्यारेन्टी र छोराहरुलाई स्तरिय शिक्षाको माग गरिएका प्ले कार्ड बोकेका थिए ।

19990494_1415416675216320_73023414423361954_n

जुलसमा परिवारका सदस्यहरुको सहभागीता रहेको थियो भने व्यापारी, युवा एवं महिलाहरुको स्वतस्फूर्त रुपमा सहभागीता रहेको थियो । ट्राफिक चोकबाट सुरु भएको जुलुस जिल्ला प्रशासन कार्यालय पुगेर आधा घण्टा धर्ना दिएको थियो ।

19990539_1415416311883023_6103346936991286394_n
तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुरको पनि हत्या गरिएको थियो । जेठ २६ गते अपहरण भएका रणबहादुरको ३ दिनपछि अपहरणकारीहरुले हत्या गरेका थिए । घर्तिको शव सल्यानको झिम्पे जंगलमा हिजो भेटिएको थियो । उनको शव राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा रहेको छ ।
अन्य तस्वीरहरुः

19989772_1415417101882944_3849414465499718160_n

20046475_1415417368549584_8545106078719766006_n

19959449_1415417158549605_1496609394604331806_n

20046579_1415417025216285_5433622612382993083_n

19961520_1415424881882166_4059482625140700639_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*