Home / समाचार / माैन अवधी सुरू, अन्तिम दिन सवै दलहरुकाे व्यापक प्रचार प्रसार

माैन अवधी सुरू, अन्तिम दिन सवै दलहरुकाे व्यापक प्रचार प्रसार

स्थानिय तह निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन सवै दलहरुले आफ्नो प्रचार प्रसार लाई जोडतोडका साथ सम्पन्न गरेका छन् । नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाले घोराहीका विभिन्न स्थानहरुमा भब्य ¥याली सहित चुनावीसभा तथा घरदैलो कार्यक्रम गरेको छ  ।  पूर्व मन्त्री बलदेव शर्मा मजगैयाको नेतृत्वमा घोराहि ट्राफीक चोकवाट सुरु भएको ¥यालीले घोराही बजारका विभिन्न स्थानहरुको परिक्रमा गर्दै घरदैलो गरेको थियो । ¥यालीको क्रममा घोराहीको शहिद गेट र तुलसीपुर चोकमा कोणसभा भएको छ । सभामा बोल्दै नेपाली कांग्रेसका नेता तथा पुर्व केन्द्रिय सदस्य बलदेव शर्मा मजगैयाले नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएकोले संविधान कार्यन्वयनका लागी पनि नेपाली कांग्रेसलाई जिताउन अपिल गर्नुभयो ।

19420400_113106299307057_5731252743559906402_n

हरेक परिवर्तनमा नेपाली कांंग्रेसको नेतृत्व अपरिहार्य भएको ईतिहास साक्षी भएको भन्दै संविधान कार्यान्वयन र लोकतन्त्र बलियो बनाउनकालागी कांग्रेसको विकल्प नभएको उहाँको भनाई छ । असार १४ गते निर्वाचनको दिन आफ्नो मताधिकार प्रयोग गर्दै मतदानमा सहभागी हुन उहाँले सबै मतदाताहरुमा अनुरोध पनि गर्नुभयो । सांसद राजु खनालले बिकासका लागी काग्रेसको जित आबश्यक रहेकाले कांग्रेसलाई भोट दिन अपिल गर्नुभएको थियो । अर्का सांसद अनिता देवकोटाले बिकास र निकासका लागी भरपर्दो पार्टी कांग्रेस भएकाले बहुमतका साथ बिजयी गराउन आग्रह गर्नुभएको थियो ।

19429804_1504923069574403_4959350567971417586_n (1)
घोराही उपमहानगरपालिका मेयर पदका उम्मेदवार भुप बहादुर डाँगीले उपमहानगरलाई नमुना बनाउने आफूहरुको योजनालाई सार्थकता दिन सम्पूर्ण उपमहानगरबासी मतदाताहरुलाई अनुरोध गर्नुभयो । उपमहानगरपालिकालाई भ्राष्टाचारमुक्त बनाई विकास र समृद्धिको नगरपालिकाको ईतिहास रच्नकालागी आफू चुनावी मैदानमा रहेको उहाँको भनाई थियो । सौ लामो समयदेखी जनताको साथ र विकासमा आफू समर्पीत भएकाले पनि आफू विजयी हुने विश्वास पनि व्यक्त गर्नुभयो । उपमेयर पदका उम्मेदवार पुष्पा श्रेष्ठले महिला शसक्तिकरण र सबलीकरणका लागी आफू महत्वपूर्ण भूमीका भएको बताउनुभयो । ¥यालीमा सँयौको सहभागीता रहेको थियो ।
यसैगरि नेपाली कांग्रेस घोराहीले आज आईतवार वृहत मोटरसाईकल ¥याली निकालेको छ ।

19400005_113183129299374_2467665244687005515_n

घोराहीबाट सुरु भएको ¥याली रामपुर, लक्ष्मीपुर, हुदै उपमहानगरपालिका परिक्रमा गरेको थियो । युवाहरुदेखी वृद्धसम्मको सहभागीता रहेको ¥यालीमा करिब ५ सय मोटरसाईकलको सहभागीता रहेको थियो ।
उता नेकपा माओवादी केन्द्र दाङले आइतवार जिल्लाका सात स्थानमा चुनावी सभा गरेको छ ।
पार्टीले जिल्लामा सञ्चालन गरेको तीन चरणको चुनाव प्रचार अभियानअन्तर्गत उत्कर्षको रुपमा जनपरिचालनसहित बिशाल जनसभा गरिएको जिल्ला निर्वाचन परिचालन समिति दाङका संयोजक निर्मल आचार्यले जानकारी दिनुभयो । सातवटै सभालाई गृहमन्त्री एवं पार्टी नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सम्वोधन गर्नुभएको थियो ।

19532745_1601769193166416_679208992_o
माओवादी केन्द्र घोराहीले आइतवार नारायणपुरमा गरेको ¥यालीपछिको जनसभालाई सम्वोधन गर्दै मन्त्री शर्माले आफ्नो पार्टीले गहिलेसम्म जनतासमक्ष गरेका वाचा सबै पूरा गरेकाले जनतासँग मत माग्ने सवालमा पनि उच्च नैतिकता रहेको बताउनुभयो ।
माओवादीले कहिल्यै आश्वासन नबाँडेको चर्चा गर्दै उहाँले भन्नुभयो– ‘हामीले संविधानसभाबाट संविधान भन्यौं ल्यायौं, गणतन्त्र भन्यौं ल्यायौं, मुलुकबाट अँध्यारो हटाउँछौं भन्यौं हटायौं, अब समाजवादको आधार पनि निर्माण गरेरै छाड्छौं ।’ दाङको सन्दर्भमा प्रदेश राजधानी नै मुख्य सरोकार स्थानीय पार्टीले यसलाई नै मुख्य चुनावी एजेण्डा बनाएको बताउनुभयो ।
मन्त्री शर्माले अब गरीबी, बेरोजगारी र अभावसहितको समाजवाद परिकल्पना गर्न नसकिने उल्लेख गर्दै उहाँले जनताको आर्थिक–सामाजिक–सांस्कृतिक जीवनस्तर माथि उठाएर देशलाई समृद्ध बनाउँदै समाजवाद स्थापनाको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मेयर उम्मेदवार जीवन गौतम र उपमेयर उम्मेदवार सिता चौधरीले पनि बोल्नुभएको थियो । उपमहानगर निर्वाचन परिचालन समिति संयोजक हेमराज शर्माको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपमहानगर अध्यक्ष विश्वराज आचार्यले गर्नुभएको थियो ।
माओवादी केन्द्र दाङले जिल्लाका अन्य छ स्थानमा पनि चुनावी सभा गरेको जनाएको छ । राप्ती गाउँपालिकाको भालुवाङमा भएको चुनावीसभालाई गृहमन्त्री शर्मा, पोलिटब्यूरो सदस्य दामा शर्मा, अध्यक्षका उम्मेदवार श्यामेश चौधरी र उपाध्यक्षका उम्मेदवार भगवता अधिकारीले सम्वोधन गर्नुभएको थियो । गढवामा भएको सभालाई गृमन्त्री शर्मा, पोलिटब्यूरो सदस्य इन्द्रजीत चौधरी र राजकुमार शर्मा, अध्यक्षका उम्मेदवार लुमाकान्त न्यौपाने र उपाध्यक्षका उम्मेदवार रमाकुमारी चौधरी, केन्द्रीय सदस्यहरु विश्वास शर्मा र प्रकाश पन्थीले सम्बोधन गर्नुभएको थियो ।
लमहीको सुनडबरीमा भएको सभालाई गृहमन्त्री शर्मा, मेयरका उम्मेदवार द्रौपदा पौडेर र उपमेयरका उम्मेदवार कालुराम चौधरीले सम्वोधन गर्नुभएको थियो । त्यस्तै तुलसीपुरको सभालाई गृहमन्त्री शर्मा, पोलिटब्यूरो सदस्य जगप्रसाद शर्मा, कुबेर ओली, मेयरका उम्मेदवार शेषुराम भण्डारी र उपमेयरका उम्मेदवार सिता ओलीले सम्वोधन गर्नुभएको थियो । त्यस्तै श्रीगाउँको सभालाई गृहमन्त्री शर्मा, पोलिटब्यूरो सदस्य निर्मल आचार्य, दंगीशरणका अध्यक्ष उम्मेदवार हिरालाल चौधरी र उपाध्यक्ष उम्मेदवार सिता बस्नेत, शान्तिगरका अध्यक्ष उम्मेदवार नेवबहादुर रोका र उपाध्यक्ष उम्मेदवार राधिका परियारले सम्बोधन गर्नुभएको थियो । हापुरको सभालाई गृहमन्त्री शर्मा, अध्यक्षका उम्मेदवार सुशील खड्का क्षेत्री र उपाध्यक्ष उम्मेदवार उर्मिला ओलीले सम्बोधन गर्नुभएको थियो ।

त्यसैगरी
नेकपा एमाले बबई गाउँपालिकाले पनी आइतबार अन्तिम चुनावी सभा सम्पन्न गरेको छ । आज रातीदेखि मौन अवधि सुरु हुने भएपछि नेकपा एमाले बबई गाउँपालिकाले अन्तिम चुनावी सभा सम्पन्न गरेको हो ।
ramja pic
सभालाई सम्बोधन गर्दै सांसद शारदा स्वर्णकारले स्थानीय तहको विकासका लागि सक्षम र योग्य उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो । योग्य र सक्षम उम्मेदवारले अगाडी सारेको भन्दै सांसद स्वर्णकारले सोच विचार गरेर मत हाल्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ तथा केन्द्रीय बाताबरण विभाग सदस्य सदस्य भारती पाठकले सामाजिक क्षेत्र मार्फत् समाजको नेतृत्व गरेका ब्यक्तिहरुलाई जिताउन आग्रह गर्नुभयो । सामाजिक संघसस्था मार्फत् एमाले नेताहरु सक्षम रहेको भन्दै पाठकले सही नेतृत्वलाई विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य उत्तरकुमार वली, प्रेमबहादुर थापा, अध्यक्ष पदका उम्मेदवार भुवनेश्वर पौडेल, उपाध्यक्षका उम्मेदवार सावित्रा विश्वकर्माले बोल्नुभएको थियो । नेकपा एमाले बबई गाउँपालिका सदस्य जितबहादुर वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव टंकराज विकले गर्नुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ४ र ५ का वडाध्यक्ष पदका उम्मेदवारहरुले प्रतिबद्धता मन्तब्य ब्यक्त गर्नुभएको थियो । चुनवी सभामा बबई गाउँपालिकाका सम्पुर्ण वडाका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*