Home / विशेष / हार्न नजानेका निर्मल

हार्न नजानेका निर्मल

२०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा चर्चाका व्यक्ती बनेः निर्मल । ०५४ सालको निर्वाचनमा जिल्लाको धेरैजसो स्थानमा एमालेले जित निकालिरहेको समयमा उनी कांग्रेसबाट विजयी भए । एमालेले जोडतोडका साथ विजय ¥याली निकालिरहेकोबेला उनी पनि विजयी जुलुसमा रमीरहेका थिए । चारतारे झण्डा र रुख चिह्न सहित । उनको वास्तविक नाम होः चित्रबहादुर डाँगी । तर उनलाई सबैले निर्मल भनेरै चिन्छन् । २०५४ सालमा नेपाली कांग्रेसको तर्फबाट नारायणपुर गाविसको वडा नम्बर १ बाट उमेद्वार बनेका निर्मल त्यो बेला विजयी हुनेमध्यका एक नमुना व्वक्ती बने । उनको लोकप्रीयताले २० वर्ष पहिले नै स्थान जमाईसकेको थियो । २०४३ सालमा बनारसमा स्वर्गीय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई एवं सुशीला आमाबाट सदस्यता लिएका निर्मलले नेविसंघको लामो राजनिती गरे । उनी नेविसंघमा साधारण सदस्य भएर प्रवेश गरेपनि विभिन्न ठुला जिम्मेवारी पनि सम्हाले । जुन जिम्मेवारी सम्हाले त्यो सफल रुपमा पुरा पनि गरे ।

nirmal dai
चित्रबहादुर डाँगी (निर्मल) को जिवनको एक महत्वपूर्ण रहस्य त के छ भने उनले आजसम्म भएका जति निर्वाचनमा सहभागी भए सबैमा हात पारे पनि । चुनावमा उनले आजसम्म हार वेहोर्नुपरेको छैन । उनी सक्षम र योग्य व्यक्ती हुन् । जुन काम सफल रुपमा सम्पन्न गर्न सक्छु भन्ने आत्मविश्वास छ त्यसैमा मात्र हात हाल्छन् र सफल पनि हुन्छन । उनको यो अचम्मको रहस्य छ । विद्यार्थी राजनितीमा पनि उनी जति निर्वाचनमा उमेद्वार बने विजय नै भए । २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि धेरै ठाँउमा कांग्रेसले हार वेहोरिरहेको बेलामा उनी अत्यधिक मतले विजयी भएर सफल व्यक्ती बने ।

nirmal da 2

 

व्यवसायी समेत रहेका निर्मल सरल र भलाद्मी व्यक्ती हुन् । उनको धेरै पहिचान मध्य भलाद्मी व्यवहार र सहयोगी भावना नै सबैले रुचाएको पहिचान हो । व्यवसायीहरुको छाता संगठन उद्योग वाणीज्य संघ नारायणपुरको उनी सफल अध्यक्ष हुन् । २ पटक नारायणपुर उद्योग वाणीज्य संघको अध्यक्षमा अत्यधिक मतले विजयी भएका निर्मल व्यापारीहरुले अत्यधिक रुचाएका व्यापारी नेता पनि हुन् । आफ्नो कार्याकालपछि पनि नारायणपुर उद्योग वाणीज्य संघको निर्वाचनमा उनी नै निर्णायक व्यक्ती हुन् । नेपाल भारत मैत्री संघको केन्द्रिय उपाध्यक्ष एवं मध्यपश्चीम संयोजक भएर सफल रुपमा आफ्नो कार्यकाल सम्पन्न गरि ३ महिना पहिले मात्र उनले आफ्नो जिम्मेवारी अरुलाई सुम्पेका छन् । यो बाहेक उनको विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर समाज सुधार र सामाजिक विकासकालागी लागीपरेका छन् ।
हार्न नजानेका निर्मल यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदकालागी चुनावी मैदानमा छन् । नेपाली कांग्रसबाट उनी वडा अध्यक्षका उमेद्वार बनेका हुन् । नेपाली कांग्रेसको तर्फबाट यस वडामा उमेद्वारका आकाक्षी धेरै भएपछि केन्द्रसम्म पुगेको यो वडाको अध्यक्षको टिकेट निर्मलले नै हात पारे । जिल्ला देखी केन्द्रिय नेताहरुसँग नजिकको सम्बन्ध भएका र सबैको रोजाई बनेका निर्मलले सहजै रुपमा केन्द्रबाट आफ्नो पोल्टामा टिकट पारे । यो वडाको टिकट पाउन पनि उपमहानगरपालिकाको मेयर एवं उपमेयरको टिकट पाउनु जत्तिकै प्रक्रीयामा रह्यो ।

nirmal 3

तर सबैको रोजाई र जित सुनिश्चीत भएकाले उनले केन्द्रीय समितिबाट पनि सहजै रुपमा टिकट हात पारेका हुन् । यस वडामा उनको जित निश्चीत छ । जित निश्चीत भएपछि अन्य दलका नेता कार्यकर्ताहरु पनि अहिले निर्मलकै पक्षमा प्रचार गर्दै हिडेका छन् । कहिले पनि हार नबेहोरेका निर्मल आफ्नो जित सुनिश्चीत भएको बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*