Home / प्रदेश समाचार / चुनावी प्रचारमा बालबालिकाको प्रयोग

चुनावी प्रचारमा बालबालिकाको प्रयोग

राधिका भुसाल 
प्यूठान– निर्वाचन आचारसंहितामा बालबालिकाको प्रयोग गर्न निषेध गरिएता पनि  स्थानिय तह दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा प्यूठानका राजनीतिक दलहरुले  बालबालिका चुनावी प्रचार प्रसारमा प्रयोग गरेको पाइएको छ ।

विद्यालय जाने उमेरका बाल बालिकहरु स्कुल छुट्टी गरी झन्डा बोकेर चोक चोकमा हुने कार्यक्रम सहभागि भएका छन् ।

कुनै पनि पार्टीहरुले चुनावी क्रियाकलापमा बाल बालिकाको प्रयोग नगर्ने भनिएको थियो । तर, हिजो आज सबैजसो पार्टीहरुको कार्यक्रमहरुमा बाल बालिकालाई नै अगाडि लगाएर नारा जुलुस गरेको देखिन्छ । निर्वाचन आचार संहितामा बाल बालबमलिको प्रयोग गर्न नपाइने कुरा स्पष्ट पारिएता पनि त्यसको कार्यान्वयन नभएको जिल्ला बाल कल्याण समितिको भनाइ छ ।

स्थानिय तहको निर्वाचनमा प्यूठानका बालबालिकाहरुलाई चुनावी प्रचार प्रसारमा प्रयोग गर्न खोजिको भन्दै हेड नेटवर्क प्यूठानले ध्यानार्कषण समेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*